एमालेसँग मिसिएको माओवादीले नेकपाको रंगलाई केही रातो बनाउन सक्छ कि ? तपाईलाई कस्तो लाग्छ ?
माओवादीले जति चर्को कुरा गरे पनि उनीहरुको लक्ष उग्रवामपन्थी थियो । उनीहरुले विस्तारै भारतको शरण लिए । सशस्त्र संघर्ष गरेको एक डेढ वर्षपछि उनीहरुले निर्णय नै गरेर आफ्नो अड्डा भारतमा सारे । इण्डियाले त्यही हेरिरहेको थियो ।
भारतले हिजो वीपीलाई बंगलादेशका शेख मुजिबुर रहमानजस्तै बनाउन खोजेको थियो, वीपीले मानेनन् । ०४६ सालमा उनीहरुले हामीलाई राजाको विरोधमा बन्दूक बोके जम्मैथोक सहयोग गर्छौं भन्ने प्रस्ताव गरेका थिए, हामीले मानेनौं ।
केपी ओली र प्रचण्ड दुईटै उस्तै हुन् । न त केपी ओली आफ्नो वर्गीय अडान छाडेको गल्तीबाट मुक्त भएका छन्, न त प्रचण्डहरु साम्राज्यवादी-विस्तारवादीको सहयोगमा क्रान्ति गर्ने भ्रमबाट नै मुक्त भएका छन् । यी दुईवटै आ-आफ्नो भ्रम पालेर महाभ्रम बनाउनका लागि एकीकृत बनेका हुन् ।
त्यसपछि उनीहरु दुःखी भएर पात्र खोज्दै थिए कि कुनै दिन त्यस्तो दुस्साहसी मूर्ख आउला र त्यसलाई प्रयोग गरौंला । प्रचण्डले सशस्त्र संघर्ष गर्न थालेपछि अब केटाहरु आउँछन् भनेर उनीहरुले सोचे । त्यसपछि माओवादीले इण्डियामै अड्डा जमाएर उनीहरुकै आड भरोसामा कथित क्रान्ति गर्यो ।
त्यसैले केपी ओली र प्रचण्ड दुईटै उस्तै हुन् । न त केपी ओली आफ्नो वर्गीय अडान छाडेको गल्तीबाट मुक्त भएका छन्, न त प्रचण्डहरु साम्राज्यवादी-विस्तारवादीको सहयोगमा क्रान्ति गर्ने भ्रमबाट नै मुक्त भएका छन् । यी दुईवटै आ-आफ्नो भ्रम पालेर महाभ्रम बनाउनका लागि एकीकृत बनेका हुन् ।
अहिले तपाई देख्नुहुन्छ, यिनीहरुसँग साम्राज्यवाद र प्रभुत्ववादसँग कुनै होसियारी छैन । देशमा सबै समस्या समाधान भयो, अब आर्थिक समृद्धि मात्रै गर्ने हो भनेर उनीहरुले गाँजा खुवाउन खोजिरहेका छन् । जबकि अहिले पनि पहिचान छैन, समानता छैन, समावेशीकरण छैन । यत्रा राजनीतिक समस्याहरु बाँकी छन् ।
हाम्रो स्वतन्त्रता अहिले पनि खतरामा छ । बाबुराम प्रचण्डदेखि केपी ओलीसम्म सबै भन्छन्, राजनीतिक समस्या सिद्धिए, अब बस् आर्थिक आर्थिक आर्थिक । त्यो आर्थिक पनि पुँजीवादी । दलाल, नोकरशाही र आसेपासे पुँजीलाई बढाउने ढंगले ।
दुईतिहाई बहुमतको सरकारलाई अनावश्यक विरोध गरेर काम गर्न दिइएन भन्ने गुनासो छ नि सत्तापक्षको ?
दुई तिहाई बहुमत छ, त्यसैले औंलो ठ्ड्याउन पाइँदैन भन्ने कुरा हैन । यो त उहिले श्री ३ हरुले, श्री ५ हरुले भनेजस्तो कुरा भयो । श्री ५ लाई पनि औं खडा गर्ने ? श्री ३ लाई पनि औंलो ठड्याउने ? यस्तो पनि हुन्छ ?
दुई तिहाई होस्, कि तीन चौथाई होस्, गलतलाई गलत भन्न सक्नुपर्यो । जसले भन्यो उनीहरुलाई धन्यवाद दिनुको साटो केपी ओलीले साढे २६ दिन निन्दा गरेर बसे । अनि फेरि उनका मान्छेहरु भन्छन्- वा केपी ओली कति उदार ? कति महान ? कति प्रजावत्सल !
प्रधानमन्त्री ओलीको गुनासो के सुन्ने गरिएको छ भने लोकतन्त्रकै लागि ५० वर्ष लडेको र १४ वर्ष जेल बसेको मान्छेलाई यसरी ‘अधिनायकवादी’को आरोप लगाउनै सुहाउँदैन…
हिजो म जेलमा बसेको थिएँ भन्दैमा यसरी गिरेर जान मिल्दैन । अहिले केपी ओली के गर्दै हुनुहुन्छ, यसको जाँच हुँदैछ अहिले । उहाँ जेल बसेको बेलाको मूल्यांकन गरिएको त होइन नि ।
जेलमा बसेको बेलाको मूल्यांकन गर्नुपरे त्यो पनि गरौंला । तर, अहिले सरकारमा गएर तपाईले के गर्नुभो ? तपाई घोषणापत्रमा किन अड्नुभएन ? तपाईले किन असारे बजेट छर्नुभो ? कसैले केपी ओलीले एक अर्ब खान असार बजेट बाँड्यो भन्यो भने तपाई के भन्नुहुन्छ ?
जेलका बसेका बेला उनलाई अरु बन्दीहरुले आफ्नो छाक काटेर दूध र अण्डा खुवाउनुपथ्र्यो, उनले किन यो नसोचेको ? जेल बस्नु, दुःख पाउनु ठूलो कुरा होइन । त्यति गरेर पनि मान्छे गलत बाटोमा लाग्न सक्छ । अहिले केपी ओलीले जे गरिरहेका छन्, यसलाई हेर्नुहोस् त ।
के हेर्ने ?
जस्तो- अहिलेकै उदाहरण हेर्नोस् न, यो इन्काउन्टर किन हुन्छ ? निशान खड्का अपहरणपछि त्यही राति मारिएछन् । प्रहरीले ती आरोपित अपहरणकारीलाई फेला पारेर उनीहरुकै सूचनाका आधारमा वालकको लास पनि निकाले ।
चश्मदीत डेरावालहरुको भनाइ अनुसार पुलिसले नै उनीहरुलाई भ्यानमा राखेर लग्यो र अलि पर लगेर गोली ठोकेर मार्यो । यो कसरी इन्काउन्टर हुन्छ ? यो सरासर गैरकानूनी हत्या हो । अनि डेमोक्रेसीमा गैर कानूनी हत्या गर्न पाइन्छ ?
हो, वालकलाई अपहरण गरेर मार्नु सोह्रै आना गलत हो ।
केपी ओलीलाई हिजै मार्दिएको भए के हुन्थ्यो ? पञ्चायती सरकारलेसमेत त्यति त राख्यो नि । समातेर प्रहरीले कुनामा लगेर ड्याङ्ग-ड्याङ्ग मार्दिएको भए के हुन्थ्यो ? जबकि त्यसबेलाको निरंकुश भन्ने सरकारले केपी ओलीलाई फेक इन्काउण्टर गरेन ।
कानूनले दिन्थ्यो भने ती अपहरणकारीहरुलाई फाँसी नै दिँदा हुन्थ्यो । फाँसी नहुने भए आजीवन कारावास हुन्थ्यो । तर, ती मजदुरी गर्ने केटाहरुले पैसाको अभावमा कसैले उचालेर त्यसो गरेका थिए कि ? उनीहरुका पछाडि को थियो ? वा कुनै पुलिस अधिकारीले नै लगाएको थियो कि ? कुनै राजनीतिक नेताले पो गराएको थियो कि ?
उनीहरु बाँचेका भए त भन्न सक्थे नि । त्यसैले यो गैरकानुनी हत्या नै हो । अनि यो सरकारको गृहमन्त्रीले त्यसलाई डिफेन्ड गर्न हुन्छ ? यस्तो हो भने त भोलि कोही माथि पनि गैरकानूनी हत्या हुन सक्छ । इन्काउन्टरका नाममा कोही पनि मारिन सक्छ । डेमोक्रेसीमा यस्तो चल्दैन ।
केपी ओलीलाई हिजै मार्दिएको भए के हुन्थ्यो ? पञ्चायती सरकारलेसमेत त्यति त राख्यो नि । मोहनचन्द्र र केपी ओलीलाई गौरमा माधव नेपालले मधेसी जनताको घरमा राखेको, बेलुका- बेलुका भलिबल खेल्न निस्किँदाखेरि मधेसी गाउँमा दुईजना पहाडे कसरी आए भनेर खोज्दै जाँदा उनीहरु समातिए ।
उनीहरुलाई समातेर प्रहरीले कुनामा लगेर ड्याङ्ग-ड्याङ्ग मार्दिएको भए के हुन्थ्यो ? जबकि त्यसबेलाको निरंकुश भन्ने सरकारले केपी ओलीलाई फेक इन्काउण्टर गरेन । सुखानीका शहीदहरु र नख्खुका कांग्रेसका लडाकाहरुलाई फेक इन्काण्टर गरियो । अनि यिनले चाहिँ अहिले फेक इन्काउन्टर गर्ने ?
तर, ओलीजी प्रधानमन्त्री बनेको पनि त भर्खर ५ महिनामात्रै पुग्दैछ, अहिल्यै यति धेरै गाली गर्न मिल्छ र ?
यो त ४ वर्ष ७ महिनाको गाली त हैन नि । पाँचै महिनाको मात्रै गाली हो यो । ५ महिनाको मात्रै हो । ५ महिनामा यति गर्छन् भने अब ४ वर्ष ७ महिनामा कति गर्ने हुन् !
यसबाट सच्चिएर उनीहरुले आफूलाई ‘रेट्रोफिट’ गर्नुपर्यो । जनताको यति आलोचना भएपछि यिनीहरुले आफूलाई ‘रेट्रोफिट’ गर्न सक्छन् । मैले यो जे कुरो भनिरहेको छु, उनीहरु सुधि्रउन् भनेर भनेको । उनीहरु सुधि्रए भने मैले पनि समर्थन गरौंला ।
सुध्रिएलान् जस्तो लाग्छ ?
मान्छेले गल्ती गर्छ र सुधार्न पनि सक्छ । तर, अहिलेसम्म यिनीहरुको घोषणापत्र हेरुञ्जेल यिनीहरुले गल्ती सच्याउने छाँट देखिँदैन । उनीहरुको दस्तावेजमा लेखेकै कुराहरुको मनसाय हेर्दाखेरि उनीहरु राष्ट्रघाती बाटोमा जाने नै देखिन्छ ।
यिनीहरुले संघीयताका नाममा किन काहिँ सय प्रतिशत, त काहीँ पाँचसय प्रतिशत कर बढाए ? यसलाई केपी ओलीले किन नरोकेको ? त्यत्रो जेल बसेको मान्छेले !







