देशव्यापी करवृद्धिले जताततै आतंक छ। जनता मारमा छन्। स्थानीय तहले अन्धाधुन्ध कर बढाएका छन्। यसको मारमा तल्लो स्तरका विपन्न नागरिक पनि परेका छन्।

यसरी करवृद्धि गरेर जनता आतंकित भएका बेला कम्युनिस्ट सरकारले आइतबार राति पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि छैठौंपटक आइतबार राति १२ बजेदेखि लागु हुनेगरी मूल्य वृद्धि भएको हो।
नेपाल आयल निगमका अनुसार पेट्रोलमा एक तथा डिजेल र मट्टितेलमा रु दुईका दरले मूल्यवृद्धि गरिएको छ। त्यसैगरी हवाई इन्धनको मूल्य ४ रुपैयाँ ५ पैसाले बढाइएको निगमले जनाएको छ ।

अब पेट्रोल प्रतिलिटर १११, डिजेल र मट्टीतेल ९५÷९५ र हवाई इज्धन १०४.५ रुपैयाँ हुने भएको छ । खाना पकाउने ग्यासको मुल्य भने बढेको छैन् ।
गत फागुन प्रधानमन्त्री बनेका ओलीको ६ महिने कार्यकालमा ६ पटक मूल्य बढ्नुले यो सरकार समृद्धि होइन जनताको ढाड सेक्नतिर केन्द्रीत रहेको प्रष्ट बुझ्न सकिन्छ। मूल्य वृद्धि र कर आतंकले जनता ओली सरकारप्रति रुष्ट बनेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार