संसदको विकास समितिले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन दिएको छ ।समितिको सोमबार बसेको बैठकले समाजिक सञ्जालमा विज्ञापन वापत ठूलो रकम बाहिरिएको भन्दै नियमन गर्न सञ्चार र अर्थमन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकले फोरजी कभरेज विस्तार, टेलिकममा सुधार, अब्टिकल फाइवरको सञ्जाल विस्तारमा देखा परेका समस्या लगायतका लागि भइरहेको कामको विवरण १५ दिन भित्र समितिलाई उपलब्ध गराउन सञ्चार मन्त्रायललाई भनेको छ ।
सरकारी टोलीलाई थुन्ने व्यवसायीमाथि आपूर्तिमन्त्रीको ‘यादबको कडा एक्सन !
४ भदौ उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव कालीमाटी तरकारी बजार पुगेका छन् ।व्यवसायीले अनुगमनमा अवरोध गरेपछि मन्त्री यादव आफै काठमाण्डुका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यसहितको टोली लिएर कालीमाटी पुगेका हुन् ।
यादवले भनेका छन्, ‘एकाविहानै कालिमाटी बाज़ारमा विचौलियाको मारमा परेको तरकारी मूल्यबारे अनुगमन गर्न गएको टोलीलाई केही व्यापारीले अवरोध गरेका छन् । अनुगमन गर्दा दुई ट्रक विल जारी नभएको तरकारी जफत गरिएको तथा ग़ल्ती लुकाउन अनुगमन कर्तालाई धम्की सहित अवरोध गर्ने व्यापारीलाई पक्राउ गरि आवश्यक कार्बाहीको प्रक्रिया अगाड़ि बढ़ाइएको छ । किसान उपभोक्ताबिचको दूरी घटाई महँगी नियंत्रण गर्न हामी अग्रसर छौं ।’
कालीमाटीका व्यापारीले यसअघि पनि सरकारी अनुगमन टोलीलाई पटक पटक अबरोध गर्दै आएका छन् । तरकारीमा विचौलिया हाबी हुँदा देशैभरीका तरकारी किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् ।







