काठमाडौँ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टाराईले सरकारले अराजनीतिक आरोपमा नेत्र विक्रम चन्द नेतृत्व नेकपाका नेता कार्यकर्तामाथि मुद्दा लगाउनु गलत भएको बताएका छन् ।
सोमबार एक ट्वीट गर्दै भने संयोजक भट्राराईले खडक प्रसाद विश्वकर्मा प्रकाण्ड, जीवन्त र गम्भीरलार्इ मुद्दा लगाइनुलार्इ हास्यास्पद कार्यको संज्ञा दिएका हुुन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराइले उक्त पार्टीका केन्द्रीय नेताहरुसँग राजनीतिक ब्यवहार गर्न सरकारलार्इ आग्रह गरेका छन्। उनले कार्यमा मदभेद भएपनि विप्लवको पार्टी राजनीतिक शक्तिको रुपमा नकार्न नसकिने जनाएका छन् ।







