पहिलो पटक सर्बाधिक धनराशी पुरस्कार रहेको टेलिभिजन रियालिटी शो ‘नेपाल लोक आइडल-२०७५’ को पहिलो अडिसन यहि भाद्र १३ र १४ गते प्रदेश नम्बर ७ बाट शुरु हुने भएको छ ।
सार्थक डिजिटल म्यूजिक प्रालिको आयोजना तथा जेब्रा क्रियशनको प्रस्तुतिमा हुन लागेको लोक आइडल २०७५ को पहिलो अडिसन प्रदेश नम्बर ७ को धनगढीबाट शुरु हुन् लागेको छ ।
भाद्र १३ र १४ गते प्रदेश नम्बर ७ को अडिसन कैलाली जन पुस्तकालय हल दूरसञ्चार रोड धनगडीमा गर्ने तय भैसकेको आइडलका संयोजक जीवन पन्तले बताए ।
नेपाली लोक संस्कृतिको जर्गेना, सम्बर्द्धन, र संरक्षण गर्ने उद्देश्यले नेपाल लोक आइडलको आयोजना गरिएको ‘नेपाल लोक आइडल-२०७५’ सातै वटा प्रदेशमा आयोजना हुनेछ ।
‘आइडल प्रथम हुनेले ३० लाख रुपैयाँ, दोस्रो हुनेले १५ लाख र तेस्रो हुनेले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् पहिलो चरणमा प्रत्येक प्रदेशबाट १०/१० जनालाई छनोट गर्ने र ७० जनालाई राजधानीमा ल्याएर क्लास दिएर प्रतिपर्धामा उतार्ने आयोजकको तयारी रहेको छ ।







