काठमाडौंको तीनकुनेबाट पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ परेका छन् ।
थप केही वेरमा
यो पनि पढ्नुहोस
कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न एकजना पक्राउ
कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न एकजनालाई २४ दिनपछि प्रहरीले पक्राउ गरेको छ ।निर्मलालाई बलात्कारपछि हत्या गरीएको थियो ।

स्थानीय सरस्वती मावि कक्षा ९ मा अध्ययनरत बालिका पन्त होमवर्क गर्नका लागि भगतपुरस्थित साथीको घर गएकी थिइन् । पन्तलाई साथीको घरबाट आफ्नो घर फर्कँदा निम्बुखोलाको उखुवारीमा बलात्कारपछि घाँटी च्यापेर हत्या गरीएको थियो ।उक्त घटनाले सडक देखि सदन सम्म तताएको थियो ।

घटनामा कञ्चनपुर प्रहरीको उदासीनता भएको भन्दै स्थानीयवासीले महेन्द्रनगरमा विरोध प्रदर्शन गर्दै दबाब दिएपछि सिआइबीको टोलीसमेत कञ्चनपुर पुगेर घटनाबारे विभिन्न कोणबाट अनुसन्धान गरिरहेको थियो ।

ब्यापक बिरोध र दबाबसँगै घटना घटेको २४ दिन पछि प्रहरीले हत्यामा संलग्न भएको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।केन्द्रीय अनुसन्धान ब्यूरोको नियन्त्रणमा रहेका ति व्यक्तिको हाल नाम खुलाईएको छैन ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका ति व्यक्तिलाई चाँडै नै सार्वजनिक गर्ने तयारी रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार