विप्लव नेकपा निकट प्रवासी नेपालीहरुको अभिभावक संगठन प्रवासी नेपाली जनसमाज भारत उत्तर प्रदेश उत्तराखण्ड राज्य समितिको सम्मेलन सम्पन्न भएको छ ।

‘शान्ति, समानता, स्वाधीनता र समृद्धिको लागि प्रवासी नेपालीहरु एक हौं ! विचार सम्प्रेषण र सुदृढ संगठनको लागि प्रथम राज्य सम्मेलन सफल पारौं !!’ भन्ने नाराका साथ सम्पन्न भएकाे छ ।
सम्मेलनमा प्रमुख अतिथि नेकपा प्रवास ब्युरो इन्चार्ज प्रतिक रहेका थिए । अन्य अतिथिहरुमा जनसमाजका केन्द्रीय महासचिव मोती गौतम, कोषाध्यक्ष भिमकान्त घिमिरे, आमन्त्रित अतिथि नेपाल कम्युनिस्ट पार्टी सेती ब्युरो सदस्य तथा न्याय विभाग प्रमुख गणेश ढकाल, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियनका केन्द्रीय उपाध्यक्ष लोगबहादुर पल्ली रानामगर, कैलाली जिल्ला कार्यालय सचिव क्षितिज थापा, जनसमाज भारतका केन्द्रीय सदस्य दिपक तिरुवा, दिल्ली राज्य सदस्य पुरन थापा उपस्थित थिए ।
कार्यक्रममा बोल्ले बक्ताहरूले नेपालमा चलेको लुटतन्त्र चलिरहेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्तासहित नेता–कार्यकर्तालाई बिनाकारण गिरफ्तार गरेर नेपाल सरकारले देशलाई युद्धतिर धकेल्ने संकेत गरेको बताए । उनीहरुले नेपालमा हुने क्रान्तिकारी आन्दोलनमा आवश्यक परे प्रवासबाट आफ्नो संगठनले नेपाली जनताको पक्षमा भुमिका खेल्न तयार भएको बताए थिए ।
यस्तै सम्मेलनमा नेपालका विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रममा सनरार्ईज स्मृति सांस्कृतिक परिवार र जनज्योती सांस्कृतिक परिवारका कलाकारहरुले देशमा भएको लुटतन्त्रको भण्डाफोर गर्दै नृत्य गीतसंगीत प्रस्तुत गरेका थिए ।
सम्मेलनले कमल रावलको अध्यक्षतामा दुई जना पछि थप्ने गरि १९ सदस्यीय राज्य समिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा शिवराज देवकोटा, सचिवमा दिनेश जैसी, सहसचिवमा डमरा तिमिल्सिना, कोषाध्यमा लक्षिराम जैसी, सदस्यहरुमा क्रमशः रामबहादुर बि.क, सुन्दर देवकोटा, हरिचन्द्र ढकाल, दलबिर तिरुवा, शिवराज तिरुवा, नवराज भण्डारी, धर्मराज देवकोटा, मोतिराम जैसी, मानबहादुर खड्का, शान्त रिमाल, देवराज बजगाई, भगिराम जैसीलगायतलाई चयन गरिएको छ ।
जनसमाजका महासचिव मोती गौतमले नवनिर्वाचित सदस्यहरुलाई सपथग्रहण गराएका थिए । उक्त कार्यक्रमको अध्यक्षता कमल रावलले गरेका थिए ।







