घरायसी झैझगडा वढ्दै गएपछि घर नजिकै रहेको उत्तिसको दाउराले भाइले दाजुलाई हान्दा दाजुको घटनास्थलमा नै मृत्यु भएको छ ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने गोकुलगंगा गाउँपालिका वडा नं २ ठोसेको भित्तरी वस्ने वर्ष २८ को बिष्णु खत्रीले आफ्नै दाजु वर्ष ३२ का पूर्णवहादुर खत्रीलाई उत्तिसको दाउराले टाउँकोमा हिर्काउँदा पूर्णवहादुरको गएराती घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घटनाको जानकारी पाउँनासाथ प्रहरी चौकी शिवालयवाट गएको प्रहरीले घटनामा संलग्न बिष्णु खत्रीलाई पक्राउ गरेको छ ।

मृतक पूर्णवहादुर र भाई बिष्णु खत्री विच घरायसी जग्गा र पानीको विवाद भएको र उक्त झगडा वढ्दै गएपछि रिस थाम्न नसकी उत्तिसको दाउराले हान्दा दाजु पूर्णवहादुर खत्रीको ज्यान गएको प्रारम्भिक अनुसन्धानवाट खुलेको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्रकुमार थापाले जानकारी दिए ।
प्रकाउ परेका खत्रीलाई प्रहरीले कर्तव्य ज्यान मुद्धामा दर्ता गरी रामेछाप जिल्ला अदालतवाट म्याद थप गरि हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार