पोखरा, ४ भदौ । पोखरा महानगरपालिका अन्तरगत बागमारामा गय राती अनौठो चोरी भयो । एक घण्टा भित्रमा चोरहरुको समुहले बागमाराका ७ वटा घरमा चोरी गरे । घर मात्रै होइन, उनीहरुले सहकारी पनि बाकी राखेनन । कतिपय घरका मानिस सुत्ने कोठामा बाहिरबाट चुक्कुल लगाएर अर्को कोठाका नगद र सुन चोरेको स्थानियहरुले बताएका छन । राती करीब १२ – १ बजे तिरको समयमा चोर घर भित्र पसेको स्थानिय बताउछन । पोखरा महानगरपालिका भित्रै यसरी एकै रातमा आधा दर्जन बढी घरमा चोरी हुनुले यहाँको सुरक्षा ब्यबस्थाको बिषयमा प्रश्न खडा गरेको छ । यद्यपी प्रहरीले घटनाको बिषयमा अनुसन्धान भैरहेको र चाडै चोर समातिने दाबी गर्दछ । प्रतक्षदर्शी स्थानियहरुको बयान, प्रहरीको भनाई र चोरीएका घरहरुको स्थीति तलको भिडियोमा हेर्नुहोस :

https://youtu.be/y38Kap0YSbo

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार