नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले अहिलेको कम्युनिस्ट सरकार प्रतिको जनता संतुष्ट हुन नसकेको टिप्पणी गरेका छन । उनले जनताको चाहाना अनुसार काम गर्न नसकेको र आफ्ना कर्याकर्ता केन्द्रीत निति अबलम्बन गरेको आरोप लगाएका छन् । अहिले जनता सरकारको काम प्रती संतुष्ट छैनन् तेस्को परिणाम कम्युनिस्टले अर्को चुनावमा पाउने छन् । सरकार यस्तै आलोचित बन्ने काम गरे अर्को चुनावमा कङ्रेसले जनताको मत प्राप्त गर्ने दाबी गरेका छन ।
यो हो नि कम्युनिस्ट प्रधानमन्त्रीको असली पारा, गाडी धुनै महिनाको १२ लाख खर्च !
काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले गाडी र मोटरसाइकल धुन महिनामा १२ लाखको पानी प्रयोग गर्छन् भन्दा पत्यार नलाग्न सक्छ ।
तर, ओलीले यस्ते व्यवहार देखाएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा ओलीले ट्यांकरको पानी खरिदमा मात्रै एक महिनामा १२ लाखभन्दा धेरै खर्च गरेका छन् ।
ओलीले तीन महिनामा ट्यांकरको पानीको बिलको ३७ लाख तिर्दै छन् । पानीको मात्रै यति धेरै विल उठेपछि धेरै कर्मचारीहरूको ध्यान बालुवाटारतिर तानिएको छ ।
प्रधानन्यायाधीश दीपकराज जोशी र सभामुख कृष्णबहादुर महराको सरकारीनिवासमा ल्याइएको ट्यांकरको पानीको बिल ६ लाख भन्दा धेरै उठेको छ । ट्यांकरको बिलमा पिउने पानीमा भएको खर्च नजोडिएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा खाना पकाउन ट्यांकरको पानी प्रयोग हुन दिँदैनन् । ट्यांकरबाट ओसारिएको पानी गाडी र मोटरसाइकल धुन प्रयोग हुने गरेको भवन सम्भार डिभिजन कार्यालयले जनाएको छ । बगैँचाका रूख, बिरुवामा पनि ट्यांकरकै पानी प्रयोग हुने गरेको छ । बालुवाटारभित्र भएको डिप बोरिङ पनि प्रयोग गरिँदैन ।







