सर्वोच्च अदालतले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई २४ घण्टाभित्र हाजिर गराउन आदेश दिएको छ ।

सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले प्रकाण्डलाई बाटोको म्यादबाहेक २४ घण्टाभित्र हाजिर गराउन आदेश दिएको हो । प्रकाण्डका भाइ वीरेन्द्र विश्वकर्माले बन्दी प्रत्यक्षीकरण रिटमा आइतबार सुनुवाई भएको हो ।

प्रकाण्डलाई हाल काभ्रेको एक क्रसर उद्योगमा विस्फोटन गराएको आरोपमा अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी कार्यालय काभ्रेले हिरासतमा राखेको छ । सोमबार नै जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रकाण्डमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट ३ दिनको म्याद लिएको छ ।

सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको रिट किन जारी हुनु नपर्ने हो त्यसको प्रमाणसहित बन्दीलाई सशरीर अदालत उपस्थित गराउन आदेश दिएको हाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार