काठमाडाैं। पूर्वराजदूत केशव झाको शव त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
हिजो विहान मृत अवस्थामा फेला परेका झाको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको हो । आज पोष्टमार्टम गर्ने तयारी रहेको प्रहरीको भनाई छ । हिजो बबरमहलस्थित आफ्नै निवासमा झाको हत्या भएको थियो । झ्यालको जाली काटेर घरेमै प्रयोग भएको चक्कुले झाको हत्या गरेको प्रहरीले जनाएको छ । पूर्व राजदूत झा हत्याको अनुसन्धानमा खटिएको तालिमप्राप्त प्रहरी कुकुर म्याक्सलले घटनामा संलग्न व्यक्ति घटनास्थल झाको घरभित्रै रहेको संकेत गरेको छ । अनुसन्धानका लागि खटिएको प्रहरी कुकुर म्याक्सल घटनास्थल पु¥याउँदा घरभित्रै घुमेको थियो । अनुसन्धान अधिकारीहरुका अनुसार जर्मन सेफर्ड प्रजातीको म्याक्सलले झाको शब र हत्यामा प्रयोग भएको चक्कु सुँघेपछि त्यो व्यवहार देखाएको हो ।
काठमाडौंमा ‘हाईप्रोफाइल’ हत्या
मिर्जा दिल सागवेदः
१५ असार, २०५५ मा राजधानीको सिफलमा पूर्वमन्त्री मिर्जा दिलसाद बेगको गोली हानी हत्या
जमिम शाहः
२०६६ माघ २४ मा राजधानीको लाजिम्पाटमा संचार उद्यमि जमिम शाहको गोली हानी हत्या
फैजन अहमदः
२०६८ असोज ९ गते इस्लामिक संघ नेपालका महासचिव फैजान अहमदको राजधानी घण्टाघर अगाडि गोलि हानि हत्या
रणबहादुर बमः
२०६९ साल जेठ १८ गते काठमाडौंको शंखमुल नजिक सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या
शरद गौचनः
२०७४ असोज मा काठमाडौंको शान्तिनगरमा निर्माण व्यवसायीको गोली हानी हत्या







