काठमाडौं । प्रदेश २ कि भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झा उट्पट्याङ गतिविधिले फेरि चर्चामा आएकी छिन् । उनले गर्ने राम्रा कामले भन्दा पनि उट्पट्याङ गतिविधिले झा चर्चामा बढी आउने गरेकी छन् ।

उनकाे यस्तै उट्पट्याङ गतिविधिका कारण उनको सुरक्षालाई लिएर रौतहट प्रहरीलाई टाउको दुखाइ भएको छ । प्रदेश मन्त्री झाको दवाव र उट्पट्याङ गतिविधिले गर्दा कार्यकर्ता र स्थानीय प्रशासनलाई हैरानी भएको गुनासो बढेको छ ।

रौतहट जिल्लाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने झा गाउँ जाने बेला दलबलसहित जाने गरेकी छिन् । झाले आफ्नो राजनीतिक हैसियत देखाउनका लागि पनि तामझाम देखाउने गरेको आरोप उनकै कार्यकर्ताहरूको छ ।

मन्त्री झाले फेरि बागमती नदीको कटान हेर्ने बहानामा दलवलसहित सोमबार भ्रमण गरेकी छिन् । आफ्ना पति अनिलकुमार झालाई साथमा लिएर प्रदेश २ की मन्त्री झा बागमती नदीको किनारमा पुगेकी हुन् ।

उनले नदी कटानको लागि बजेट निकासा गर्नुभन्दा पनि स्थानीय सरोकारवाला कार्यालयका प्रमुखहरूलाई दिर्नेशन दिएर कटान रोक्न भनेकी छिन् ।

नदी कटान हेर्न उनले गाउँका सबै सर्वसाधारणहरूलाई आफ्नो पछाडि आउन निर्देशन दिएको एक स्थानीयले बताए ।

मन्त्री पदको सपथ लिएपछि साउथ भारतीय फिल्ममा जस्तै ५० भन्दा धेरै गाडी लिएर गाउँ गएकी झाको त्यस बेला निकै आलोचना भएको थियो । त्यसपछि उनको व्यवहारमा सुधार हुने धेरैले अपेक्षा लिएका थिए । तर, प्रदेशमन्त्री झाले आफूलाई सुधार गर्नुभन्दा पनि उस्तै शैली अपनाउँदै गएकी छिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार