काठमाडाैं । प्रधानमन्त्री आेली गोबर ग्यासको उद्घान गर्न विराटनगर जाँदै छन् ।

विराटनगर उपमहानगरपालिका-१४ स्थित श्रीकृष्ण गौ सेवा सदनमा पालिएका २ सय ५ वटा गाईको गोबर संकलन गरी उत्पादन गरिएको वायोग्यासको आज (मंगलबार) उद्घाटन गर्न लागिएको हो ।

महानगरको १२ लाख र विश्व बैंकको र नेपाल सरकारको १ करोड ११ लाख गरेर निर्माण सम्पन्न गरिएको वायोग्यासको उद्घाटन गर्न तम्सेका आेलीलाई विराटनगरमा अवरोध हुन सक्ने त्यहाँस्थित एकजना सर्वशाधारणले जनाए ।

मेयर भीम पराजुली कांग्रेबाट निर्वाचित भएका हुन् । तत्कालीन एमालेका उम्मेदवार विनोद ढकाललाई पराजित गरेका थिए । एमालेबाट उम्मेदवार भएका ढकालाई फोरम लोकतान्त्रिकले समेत साथ दिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार