काठमाडाैं । संसदीय सुनुवाइ समितिबाट सर्वोच्च अदालतको प्रधानन्यायाधिश पदमा अस्विकृत भएका दीपकराज जोशी बिदा सकिए लगत्तै अदातल हाजिर हुने भएका छन् ।
जोशी राजीनामाको बारेमा सोच्नै नसकिने बताउदै आएका छन् । यसअधि उच्च अदालतको मुख्य न्यायाधीश हुँदै सर्वोच्चमा बरिष्ठ न्यायाधीश पदमा पुग्दासम्म क्षमता भएकै कारण यहाँसम्म आइपुगेको भन्दै अहिले असक्षम भन्नुका पछाडी कुनै तुक नभएको ठहर जोशीको छ ।
आफूलाई बदनियतपूर्वक अस्विकार गरिएको उनको गुनासो छ । तर, संबैधानिक समितिको बैठकले पुनः आफूलाई नै सिफारिस गर्नेमा जोशीको विश्वास समेत रहेको छ ।
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसंचालन) नियामावली २०७५ को नियम २६(२) ले स्पष्ट रुपमा ४५ दिनभित्र सुनुवाई गसिक्नुपर्ने व्वस्था भएपनि सुनुवाई समितिले ५२ आैं दिनमा मात्र आएर निर्णय गरेकाले सुनुवाई समितिको निर्णयमा नै आधिकारीता नभएको ठम्याई छ । उनले भनेका छन्,”सो प्राबधान बमोजिम कायम मुकायम प्रधान जोशीलाई स्वतः नियुक्त गरिनुको कुनै विकल्प छैन ।”
संसदीय सुनुवाई समितिले कार्य क्षमता भन्दा बाहिर गएर गरेको निर्णय भएकाले यसमा सोच्नु पर्ने उनको अपिल समेत छ ।







