काठमाडाैं । पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री इमरान खानले नेपालका दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सरहाना गरेका छन् । खानले कोइरालाको जस्तो सादगी जीवन धेरै नेतामा नहुने भएकाले आफू उनको प्रशंसक भएको उल्लेख गर्दै अनुशरण गर्ने जनाएका छन् ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि राष्ट्रका नाममा सम्बोधन गर्दै खानले कोइरालाको सम्पत्ति विवरण र सम्मानित जीवन आफ्ना लागि प्रेरणको स्रोत भएकाले आफूपनि कोइरालाजस्तै बन्ने कोसिस गर्ने जनाएका छन् ।

कोइरालाको सम्पत्तिको नाममा तीन थान मोबाइल मात्र रहेको र भाईको घरमा बस्दै आएको मानिस मुलुकको राष्ट्र प्रमुख बन्न सक्ने कुराको उदाहरण दिएर गएको कुराको स्मरण गरेका थिए । यस्तै, उनी उच्च नैतिकवान नेता भएकाले संसारका लागि प्रेरणाका साथै शिक्षाको स्रोत समेत भएको जनाए ।

६५ वर्षीय नवनियुक्त प्रधानमन्त्री खान पाकिस्तानका पूर्वक्रिकेटर समेत हुन् ।

स्मरण रहोस पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरीफ आफ्नी छोरीसहित भ्रष्टाचार मुद्दामा कैद सजाय भोगीरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार