नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा आेलीलाई प्रदेश सभामा डुलेर उपदेश दिन छाडेर काम गरेर परिणाम देखाउन आग्रह गेका छन् ।
मंगलबारको संसद बैठकमा विशेष समय लियर बोल्दै थापाले प्रधामन्त्रीलाई उपदेश दिनु भन्दा काम गरेर देखाउन सचेतगराएका हुन् । ‘प्रधानमन्त्रीजी प्रदेश सभा–प्रदेश सभा डुलेर उपदेश दिन छोड्नुस् । अन्तर्वार्तामा रमाइलो र रोइलो पनि छाड्नुस्,’सांसद थापाले भने,‘ प्रधानमन्त्रीजी गर्नु पर्ने काम गर्नुस्।’ थापाले भने ‘यति मात्र बुझिदिए पुग्छ । संघीयता असफल, प्रधानमन्त्री सफल बन्नुहुन्न । संघीयताको असफलता प्रधानमन्त्रीको पनि असफलता हुन्छ ।’
प्रधानमन्त्रीको आचरणले उनी संघीयताको विरोधी रहेको आरोपसमेत थापाले लगाए । उनले यसैमा जोड्दै भने, झापाका कम्युनिष्ट नेता खड्कप्रशाद आेलीलाई संघीयताको विरोध गर्ने अधिकार भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यस्तो छुट नभएको भन्दै अहिले प्रधानमन्त्रीकै कारण संघीयतामाथि नै प्रश्न उठ्ने अवस्था आएको थापाले जिकिर गरे ।
अन्धाधुन्दा सरकारले बढाएको करका बारेमा विरोध चलिरहेकाले समेत सरकार संकटमा परेको ठोकुवा थापाको छ । आयोगलाई राजनीतिक नेतृत्व नदिई कर विवाद समाधान गर्न कर्मचारीहरुको समिति बनाउनु दुखद भएको उनले बताए । उनले भने, ‘के प्रधानमन्त्रीलाई यो आयोगको महत्व थाहा छ ?’
यस्तै, संविधानले परिकल्पना गरेको प्राकृतिक स्रोत र वित्त आयोग अहिलेसम्म नबन्नु यसको ज्वलन्त उदाहरण भएको थापाले बताए ।







