। कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनाले उग्र रुप लिएको छ । प्रहरीले पक्राउ गरेको व्यक्तिका बारेमा बिरोध गर्दै स्थानीय उत्रिएपछि अहिले त्यहाँ स्थिती तनावग्रस्त बनेको छ । स्थानीयले प्रहरीको अनुसन्धानमाथि प्रश्न उठाउँदै आन्दोलन गरेपछि तनाव सिर्जना भएको हो ।
सोमबार अभियुक्तका रुपमा दिलिप विष्टलाई सार्वजनिक गरेर मुख्य अपराधीलाई उन्मुक्ति दिइएको स्थानीयको आरोप छ । प्रहरीले पक्राउ गरेका व्यक्ति मानसिक रोगी भएको र उनलाई पक्रिएर मुख्य अभियुक्तलाई उन्मुक्ति दिन प्रहरीले खोजेको स्थानीयको आरोप छ । यही विरोध प्रदर्शनका क्रममा स्थानीयले जिल्ला प्रशासन कार्यालयको गेट तोडफोड गर्न खोजेपछि प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ । ‘स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको हो’, जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी ज्ञान सेठीले जानकारी दिएका छन् ।
प्रदर्शनकारीले भीमदत्तनगर बजार समेत बन्द गराएका छन् । प्रहरीले मुख्य अपराधी पक्राउ नगरी मानसिक सन्तुलन गुमाएकालाई मुख्य अभियुक्त भनेर सोमबार सार्वजनिक गरेका एक आन्दोलनकारीले बताए ।

प्रहरीले राजनीतिक दबाबमा मुख्य अभियुक्त बचाउन खोजेको दाबी गरिएको छ । यसअघि गत १० साउनमा साथी घरमा गएकी निर्मला एकाएक बेपत्ता भएकी थिइन् । भोलिपल्ट उखुबारीमा उनको शव फेला परेको थियो । लगत्तै, प्रहरीले अनुसन्धान थालेको थियो । तर, लामो समयसम्म कुनै सुराक हात नलागेपछि अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली कन्चनपुर पुगेको थियो । सीआईबीको टोलीले हिँजो २५ दिनपछि अभियुक्त पक्राउ गरेको भन्दै बिष्टलाई सार्वजनिक गरेको थियो ।janaboli

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार