नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले अहिलेको कम्युनिस्ट सरकार दुर्इ तिहार्इकाे बहुमतले मातेकाे अाराेप लगाएका छन्। उनले कम्युनिस्ट सरकार प्रतिको जनता संतुष्ट हुन नसकेको टिप्पणी गरेका छन ।
उनले जनताको चाहाना अनुसार काम गर्न नसकेको र आफ्ना कर्याकर्ता केन्द्रीत निति अबलम्बन गरेको आरोप लगाएका छन् । अहिले जनता सरकारको काम प्रती संतुष्ट छैनन् । त्यसकाे परिणाम कम्युनिस्टले अर्को चुनावमा पाउने छन् । सरकार यस्तै आलोचित बन्ने काम गरे अर्को चुनावमा कांग्रेसले जनताको मत प्राप्त पहिलो पार्टी बन्ने बताए।







