सरकारलाई प्रधानन्यायाधिश नियुक्ति प्रकरणमा गतिलो साथ दइएका राष्ट्रिय जनता पार्टी नेपालका सह–अध्यक्ष एवम् संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले आेली नेतृत्वको सरकार असफल भएको आरोप लगाएका छन् ।
सरकारले ६ महिनामा कुनैपनि राम्रो काम गर्न नसकेको भन्दै आलोचना समेत गरेका छन् । रिपोर्टर्स क्लबको साक्षात्कार कार्यक्रममा बोल्दै कर्णले भने,‘ओलीजीको ६ महिने कार्यकालमा भाषणमात्रै भयो । कुनैपनि राम्रो काम भएन । प्रधानमन्त्री र मन्त्रीहरुको काम नै भाषणमात्रै गर्ने देखियो । उहाँहरुको भाषण हेर्दा त नेपाल कहाँबाट कहाँ पुगिसक्योजस्तो लाग्छ । तर, काम केही पनि गरेको छैन ।’
फरक प्रसँगमा नेता कर्णले प्रधानमन्त्री ओलीले प्रदेश २ को प्रदेश सभामा गरेको भाषणलाई आफूले वाहवाही नगर्ने स्पष्ट समेत पारे । उनले भने,‘ओलीको भाषणमा हामीले वाहवाह गर्नुपर्दैन् । वाहवाही गर्नुपर्ने अवस्था छैन । ओलीले आश्वासनबाहेक अरु केही पनि दिएनन् ।
आेलीले आफूहरुलाई संविधान संशेधनको आश्वासन दिएपनि ढुक्क हुने स्थिति नरहेको जनाएका छन् । मधेश आन्दोलनका क्रममा आफ्ना नेता तथा कार्यकर्ताहरुलाई झुठा मुद्दा लगाएको बताउँदै उनले भने,‘अझैसम्मपनि मुद्दा फिर्ता गरिएको छैन । बन्दी रिहाई गरिएको छैन । तर प्रधानमन्त्रीले हामीसँग सहमति गर्नुभएको छ ।’ उनले भने ।







