काठमाडौं, ५ भदौ । न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’ को आज २६५ औं एपिसोड हो । आजको यस एपिसोडमा पनि विषेश रिपोर्टहरु प्रस्तुत गरिएको छ ।
यसका साथै बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्या अभियोगमा पक्राउ परेका व्यक्ति बास्तविक अभियुक्त नरहेको भन्दै स्थानीयले कञ्चनपुरमा प्रदर्शन गरे । यसै विषयमा मृतक निर्मलाकी बुबा एकराज पन्त र ञ्चनपूरका प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर सेठीसँग पनि लाइभ कुराकानी गरिएको छ ।
आजको एपिसोडमा प्रस्तुत गरिएका रिपोर्टहरु यसप्रकार छन्ः
१. आजको यस विषेश एपिसोडमा ‘इन्टरपालको रेड नोटिस जारीपछि गोविन्द तिवारी सम्पर्क बिहिन, तर युवतीहरु अझै ठगिदै’ भन्ने शिर्षकमा रिपोर्ट प्रस्तुत गरिएको छ ।
आर्कषक रोजगारीका लागि जापान लैजाने आश्वासनमा करोडौं ठगेर जापानमा लुकेर बसेका कास्की पुरनचौरका गोविन्द तिवारी अझै पनि मानिसलाई ठग्दैछन् । उनलाई नेपाल झिकाउन नेपाल प्रहरीले ईन्टरपोल मार्फत रेड नोटिस जारी गरिसकेको छ । तर उनले ठग्न भनेका छोडका छैनन् ।
डाक्टर क्रिस क्रिपाठी उफ गोविन्द प्रसाद तिवारीले मान्छेहरुलाई अहिले पनि जापान लैजाने आश्वासनमा ठग्ने क्रम रोकिएको छैन । तर इन्टरपालेले रेड नोटिस जारी गरेपछि भने तिवारी सम्पर्क बिहिन भएका छन् ।
२. त्यस्तै यसै एपिसोडमा ‘कालीमाटी तरकारी बचारमा विचौलियाको दादागिरीः ५ सय प्रतिशतसम्म नाफा’ भन्ने शिर्षकमा पनि रिपोर्ट प्रस्तुत गरिएको छ ।
हामीले यस अघि नै कार्यक्रममा धादिङका किसानले प्रति केजी १२ रुपैयाँमा बेचेको तरकारी काठमाडौं आएर ग्राहकको भान्सामा पुग्दा प्रति केजी ७० रुपैयाँ पुग्ने गरेको देखाएका थियाैं ।
तरकारी उत्पादक किसान र तरकारी उपभाक्ता बिचमा रहने तहगत विचौलियाहरुले ५ सय प्रतिशतसम्म नाफा खाने कुरा प्रमाणसहित देखायौ । यस्तै विचौलियाहरुलाई रोक्न वाणिज्य विभागले सोमबार काठमाडौ स्थित कालीमाटी तरकारी बचारमा अनुगमन गरेको थियो ।
तरकारी बोकेर तरकारी बजार भित्रिदै गरेका २ ट्रकमा अनुगमन टोलीले किसानासँंग खरिद गरेको विलविजक र विक्रि मुल्य नभेटेपछि नियन्त्रणमा लियो । यसपछि स्थानीय व्यापरीहरु रुष्ट भए र अनुगमन टोलीलाई गेट बन्द गरेर राखे ।
https://www.youtube.com/watch?v=WEYI3nVoNM0







