आर्कषक रोजगारीका लागि जापान लैजाने आश्वासनमा करोडौं ठगेर जापानमा लुकेर बसेका कास्की पुरनचौरका गोविन्द तिवारी अझै पनि मानिसलाई ठग्दैछन् । उनलाई नेपाल झिकाउन नेपाल प्रहरीले ईन्टरपोल मार्फत रेड नोटिस जारी गरिसकेको छ । तर उनले ठग्न भनेका छोडका छैनन् ।
पोखरा अमरसिंहकी सुजाता केसी जापान जाने लहडमा फेसबुमा मार्फत गोविन्द तिवारीको चंङगुलमा फसेकी छन् । जापानमा आर्कषक काम दिलाइदिने भन्दै विभिन्न व्यक्तिको नाममा ९ लाख रुपैया जम्मा गर्न लगाएर तिवारी अहिले सम्पर्क विहिन छन् ।

तिवारीको आग्रहमा सुजाताले ४ लाख ५० हजार नरेन्द्र महर्जन र ३ लाख ८७ हजार डण्डमाया लामिछानेका नाममा पठाईन् । तिवारीले फेसबुक र इमोमा सुजातालाई जसरी पनि जापान पु¥याउने भनि विश्वास दिलाएका थिए ।
पैसा दिएपछि उनले तिवारीका वारेमा हामीले तयार पारेका रिपोर्ट हेरिन् । उनले तिवारी ठग भएको थाहा पाएपछि भिडियो रेकर्ड पनि गर्ने प्रयास गरिन् ।
प्लस टु सकिएपछि विदेश जान लिएको ९ लाख ऋण अहिले गलपासो बनेको छ । यस्तै केही महिना अघि मात्रै पोखराकी निशा केसीसँग तिवारीले ४ लाख ५० जहार रुपयां लिएका थिए । तिवारीले आफ्नी भान्जी मार्फत उक्त रकम लिएका थिए । तिवारीले २७ लाख मागेपनि ४ लाख ५० हजार दिईसकेपछि निशाले उनि ठग भएको थाहा पाईन बढी ठगिन बाट बचिन् ।

हामीले यस अघि पनि तिवारीले ठगेका धेरै व्यक्तिहरुलाई देखाईसकेका छौं । गोरखा, बर्दिया, झापा, पोखर, चितवन लगाएतका जिल्लाबाट ठगिएकाहरु पीडितहरु हाम्रो कार्यालयमा आएका थए । तिवारीले ४६ लाख ठगेकी गोरखाकी अमृत ढकाल हाम्रो कार्यालय आई राएपछि उन्ले ठगेका अन्य धेरै व्यक्ति हाम्रो कार्यालय आएका थिए ।
यस्तै सवै भन्द भन्दा बढी ठगिएकी मध्येकी एक हुन झापाकी सुमी राई । झापामा व्यापार व्यावसाय गरीरहेकैबेला परिवारलाईनै जापान पु¥याउने भन्दै उनसँगबाट पटक पटक गरी २५ लाख रुपयौँ लगेका छन् तिवारीले ।
डाक्टर क्रिस क्रिपाठी उफ गोविन्द प्रसाद तिवारीले मान्छेहरुलाई अहिले पनि जापान लैजाने आश्वासनमा ठग्ने क्रम रोकिएको छैन । तर इन्टरपालेले रेड नोटिस जारी गरेपछि भने तिवारी सम्पर्क बिहिन भएका छन् ।

https://www.youtube.com/watch?v=WEYI3nVoNM0

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार