काठमाडौ । सँगै सिकार खेल्न गएका साथीले भरुवा बन्दुकबाट चलाएको गोली लागेर संखुवासभाको मादीमा एक युवाको मृत्यु भएको छ। मादी नगरपालिका ८ मावादिन निवासी २५ वर्षीय हस्तबहादुर तामाङको सिकार खेल्न जंगल गएको बेला साथीले चलाएको गोलीले ज्यान गएको प्रहरीले जनाएको छ
घटनामा संलग्न भएको आशंकामा प्रहरीले मृतकका भाई २१ वर्षीय रत्नबहादुर तामाङ र छिमेकी २२ वर्षीय कृष्णबहादुर तामाङलाई पक्राउ गरेको छ। उनीहरुको साथबाट प्रहरीले दुई थान भरुवा बन्दुक र त्यसमा लाग्ने छर्रा तथा बारुद बरामद गरेको छ। उनीहरको सिकार भनेर हानेको गोलीले हस्तबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रधानमन्त्री ओलीलाई गाली गर्ने पक्राउ : लाग्यो विद्युतीय कारोबार ऐन
काठमाडौ । महानगरीय अपराध महाशाखाले प्रधानमन्त्रीलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले फेसबुकमार्फत प्रधानमन्त्रीलाई लक्षित गरी समाजमा भ्रमपूर्ण र नकारात्मक अफवाह फैलाउने कार्यमा संलग्न भक्तपुर सूर्यविनायकका ४४ वर्षीय होमनाथ सिक्देललाई आज दिउँसो बबहरमहलबाट पक्राउ गरेको हो ।
महाशाखाले पक्राउ परेकासँग थप अनुसन्धान गरिरहेको छ । सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने व्यक्तिलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्ने कार्यमा संलग्न व्यक्तिलाई रु एक लाखसम्म जरिवना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।
https://www.youtube.com/watch?v=WEYI3nVoNM0







