????????????????????????????????????

नेपाल सरकारले ल्याएकाे मुलुकी एेन प्रेस स्वतन्त्रता र मानवअधिकारकाे विरूद्धमा भएकाे भन्दै नागरिक अगुवा डा. सुन्दरमणी दीक्षितले  समयमै पत्रकार र मानवअधिकारकर्मीले विराेध गर्न नसकेकाे भन्दै अापत्ति व्यक्त गरेका छन् ।

दीक्षितले मुलुकी ऐनले प्रेस स्वतन्त्रता र मानव अधिकारमाथि हतियारको रुपमा आएको बताए । उनले राज्यको चौथो अंगले यसबार नागरिकलालई जनाकारी नगरेको भन्दै आफू पत्रकारसँग आक्रोसित भएको धारणा राखे ।

क्रान्तिकारी पत्रकार संगठन नेपाल काठमाडौंले संवाद डबलीमा अायोजना गरेको कार्यक्रममा बोल्दै डा.दीक्षितले भने, “भदौ १ पहिले मलाई यो मुलुकी ऐनबारे जानकारी थिएन । म पत्रकारसँग आक्रोसित छु । तपाईँलाई थाहा थियो तर किन एक वर्ष पहिले किन बोल्नु भएन ? तर, वकिलहरु किन चुप लागे ?” दीक्षितले मानव अधिकारको पक्षमा बोल्दा राजाले पनि समात्न सकेको थिएन । तर, गणतन्त्रमा बोल्न डर मान्नु पर्ने अवस्था आएको छ । ज्यादै ठूलो खतराको भएको महशुस भएको छ ।

सरकारको नेतृत्वकर्ताहरु लोकतन्त्रवादी हुनभने मुलुकी ऐनमा आएको कानुन कार्यान्वयन नगर्ने तर तानाशाह भए कार्यान्वयन गर्ने धारणा राख्दै दीक्षितले लोकतन्त्रमा सबभन्दा ठूलो कुरा स्वतन्त्रता भएको बताए । उनले शासक कमजोर भएमात्र स्वातन्त्रतासँग डराउने पर्ने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार