काठमाडौं । सन्चालन भएको एक साता नबित्दै कलंकीको अण्डरपास सञ्चालन आज बुधबार बिहानदेखि बन्द भएको छ । निर्माण पुरा नभएका कारण अण्डरपास सञ्चालन बन्द गर्नुपरेको चक्रपथ सुधार आयोजना समितिले बताएको छ ।
कलंकी ट्रफिक प्रहरी निरीक्षक विमल थापाका अनु्सार केही दिन अघि सन्चाल गरीएको यो अण्डरपास परिक्षणकालागि सन्चालन गरिएको थियो । अब केही दिनमा निर्माण सम्पन्न गरेपछि मात्र निरन्तर सन्चालन गरिने थापाले बताएका छन् ।
भदौ १ गते बिहीबारदेखि अण्डरपास सञ्चालनमा आएको थियो ।







