पुनर्गठित माअाेवादी केन्द्रका अध्यक्ष गाेपाल किरातीले अाफु तत्कालनि संस्कृति तथा संघीय मामिला मन्त्री हुँदा नेपालकाे पशुपतिनाथ मन्दिरमा भारतीय पुजारी हटाएर नेपाली पुजारी राख्दा तत्कालीन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्ड डरले थर्रर काँपेर त्ये निर्णय फिर्ता गराउन अाफुलार्इ दबाब दिएकाे खुलासा गरेका छन् ।

सामाजिक संजाल फेसबुकबाट किराती यस्ताे खुलासा गरेका हुन् । नेपालमा भारतकाे सांस्कृतिक प्रभुत्व हटाउन अाफुले यस्ताे कदम लिएकाे किरातीकाे दाबी छ । प्रचण्ड त्याे बेला नझुकेकाे भए नेपालका नेपाली पुजारीहरू नै हावी हुन्थे र नेपालकाे सार्वसाैत्ता अझै बलियाे हुने उनकाे तर्क छ ।
किरातीकाे समाजिक संजाल फेसबुकमा राखिएकाे स्टाटस यस्ताे छ –
हामीलाई खस–बाहुन विरोधी भनेर आरोपीत गर्नेले पशुपतिको भारतीय भट्ट हटाएर देखाउनु पर्दछ ।
हामी मन्त्री हुदा पशुपतिनाथ भारतीय सांस्कृतिक उपनिवेशवादको अखडा थियो । त्यस विरुद्ध हामीले जोडदार हमला गर्यौ र भारतीय पुजारीलाई हटाएर पशुपतिनाथमा नेपाली बाहुन भट्ट नियुक्त गर्यौ ।
हाम्रो त्यो देशभक्तिपूर्ण कार्वाही विरुद्ध एमाले र कांग्रेस ज्यान छाडेर उभिए । ज्ञानेन्द्र शाह र भारतीय राजनाथ सिहंले भत्र्सना वक्तव्य दिए ।
प्रचण्डले थर्रर काप्दै नेपाली बाहुन पुजारी नियुक्ति स्थगित गरे । तत्कालीन प्रधानमन्त्री प्रचण्ड त्यसरी नझुकेका भए केही हिंसा हुन सक्थ्यो तर पशुपतिमा नेपाली भट्ट कायम राखिन्थ्यो ।
त्यसमापछि माधव नेपाल आएर हामीले सिमाना कटाएको भारतीय पुजारीलाई खोजी खोजी ल्याएर पुर्नस्थापित गरे । हुन सक्छ त्यो तत्वले प्रचण्डलाई एमालेकरण गर्यो ।
रोचक तथ्य हो कि त्यो देशभक्तिपूर्ण कार्वाही विरुद्ध काठमान्डौँको चावहिल , भारतको दिल्ली र केरलामा यो किरातीको व्यापक पुत्ला दहन गरियो । गजब लाग्यो !
हाम्रो प्रश्न छ, भारतीय भट्ट हटाएर पशुपतिनाथमा नेपाली भट्ट स्थापित गर्ने अरु कसैको हिम्मत छ ??







