पथरीशनिश्चरे, रासस । प्रधानमन्त्री केपी ओलीले आगामी पाँच वर्षभित्र सुकुम्बासी समस्याको स्थायी समाधान गरिने बताएका छन् । पथरीशनिश्चरे–१ मा नेकपा पथरीशनिश्चरे नगरसमितिद्वारा आज आयोजित बधाई, शुभकामना तथा बृहत् कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले
सुकुम्बासी समस्या राष्ट्रिय समस्या भएकाले यसको दिगो समाधान गरिने बताए ।
उनले माध्यमिक शिक्षा अनिवार्य र निःशुल्क बनाउन सरकार दृढ सङ्कल्पित रहेको पनि बताए । लोपोन्मुख, गरीब र पछाडि परेका सबै जातजातिका लागि उच्च शिक्षा निःशुल्क गरिने बताउँदै प्रधानमन्त्री ओलीले भने, “न्यूनतम मापदण्ड पूरा गर्नुपर्यो, मेहनत गरेर प्रतिस्पर्धामा आउन सक्नुपर्यो ।”

प्रधानमन्त्री ओलीले सानातिना समस्या सुनाउन प्रधानमन्त्रीलाई कुर्नु नपर्ने बताउँदै गाउँपालिका र नगरपालिकाबाट समस्या समाधान हुने स्पष्ट गरे ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अबको कार्यसूची विरोध, द्वन्द्व र अराजकता नभई विकास मात्र भएको बताए ।

https://www.youtube.com/watch?v=WEYI3nVoNM0

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार