ललितपुरको नख्खुस्थित एक घरमा घरेलु कामदारको रुपमा राखिएकी १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
घर लगिदिन्छु भन्दै गोदावरीस्थित जंगलमा पुर्याएर उनीमाथि बलात्कार भएको हो । प्रहरी स्रोतका अनुसार बालिकामाथि बलात्कार भएको मेडिकल रिपोर्टले पुष्टि गरेको छ ।
गोरखा घर भएकी बालिकाले आफ्नो घर जानलाई बाटो देखेकी थिइनन् ।
‘बालिकालाई घर पुर्याइदिने प्रलोभनमा गोदावरी जंगलमा लगेर बलात्कार गरेको देखिएको छ’, घटनाको अनुसन्धानमा खटिएका एक अधिकारीले भने, ‘त्यहाँ बलात्कारपछि बालिकालाई छोडेर ती व्यक्ति फरार भएका छन् ।’
स्थानीयले नै बालिकालाई महानगरीय प्रहरी वृत्त, सातदोबाटोसम्म ल्याएको प्रहरी स्रोतले बतायो । हाल फरार रहेका युवकको खोजी भइरहेको प्रहरी परिसर ललितपुरले जनाएको छ । onlinekhabar बाट
आमाको भेषमा नरभक्षी राक्षस : आफ्नै छोरीलाई यसरी कुटेर मारिन् !
भद्रपुर । आफ्नै आमाले सन्तानको ज्यान लिन्छन् भन्ने कहाँ सोच्न सकिन्छ र । तर झापामा आमाको भेषमा यस्तै नरभक्षी आमा फेला परेकी छिन् । आमाको कुटाइबाट आज एक बालिकाको मत्यु भएको खुल्न आएको हो ।
मृत्युहुनेमा विर्तामोड नगरपालिका–५ सुब्बा चोकका २७ वर्षीया हेमन्ता कुरुङ्वाङ (लिम्बू) की आठ वर्षीया छोरी सफलता रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विद्यालय पठाउने क्रममा कपाल कोर्न नमानेपछि आज बिहान आमा हेमन्ताले छोरी सफलतालाई लाठीले कुटपिट गर्दा गम्भीर घाइते भएकी उनकोे विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । सफलताको दाहिने कञ्चट, ढाड र दुवै हातमा नीलडाम देखिएको छ । हेमन्तालाई पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।
https://www.youtube.com/watch?v=GsAAcQKVVe0&t=109s







