मुलुकी अपराध (संहिता) ऐन २०७४ को पहिलो प्रयोग भएको छ । उदयपुरको रौतामाई गाउँपालिकामा श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक श्रीमान पक्राउ परेका छन् । नयाँ ऐनले श्रीमतीको मन्जुरीबिना यौन सम्बन्ध राख्न दवाव दिएमा त्यो करणी जा बलात्कार ठहर हुने उल्लेख छ ।
पक्राउ पर्नेमा रौतामाई गाउँपालिका वडा नं. २ का वर्ष ४५ का दुर्गा भनिने दिप बहादुर राउत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । नावालिका छोरीलाई यौन दुर्व्यवहार गरेको र आफूलाई जबरजस्ती करणी गरेको भनी राउतविरुद्ध श्रीमतीले दिएको उजुरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मेघराज अधिकारीले जानकारी दिनुभयो । पीडितको उजुरीको आधारमा पीडक राउतलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको डिएसपी अधिकारीले बताउनुभयो ।







