चितवनमा इन्फ्लुयन्जा ए ९एच वान एन वान० अर्थात् स्वाइन फ्लुका बिरामी भेटिएका छन् । चितवन मेडिकल कलेजमा उपचार गराउन आएका विरामीमध्ये एकै महिनामा २८ जना स्वाइन फ्लुका बिरामी भेटिएका खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

“गत साउन १ गतेबाट भदौ ४ गतेसम्म कलेजमा गरिएको १०२ नमूना परीक्षणमा २८ जनामा स्वाइन फ्लुको किटाणु देखियो”, कलेजका प्रयोगशाला प्रमुख डा। सन्जय यादवले भन्नुभयो ।

यो रोग लागेपछि रुघा, खोकी, ज्वरो, शरीर दुख्ने जस्ता लक्षण बिरामीमा देखिन्छन् । बिरामीको सामान्य अवस्थामा त केही हुँदैन तर पनि कतिपयलाई जटिल अवस्था भएमा निमोनिया हुँदै ‘मल्टि अर्गान फेलर’ अर्थात् शरीरका अङ्गले काम नगरेर मानिस मर्नेसम्म हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार