हातमा रिमोट समातेर टिभी हेरिरहेका ११ वर्षका बालकको हातमै रिमोट पड्किएपछि बालक गम्भीर घाइते भएका छन् । बालकलाई बचाउन अपरेशन गर्नु परेको छ । भारतको गुजरात राज्यहो पंचमहालका ती बालकको हात, खुट्टा, पेटसहित आँखासम्म विष्फोटबाट उछिट्टिएका टुक्रा गएका छन् । बालकको आँखाको अपरेशन गरिएको छ । आँखाको ज्योति भने जोगिएको छ ।
यो घटनापछि ठूलो प्रश्न यो बनेको छ कि टिभीको रिमोट विष्फोट कसरी भयो ? मोवाइलको ब्याट्री विष्फोट हुनु आम भए पनि टिभी रिमोट विष्फोट भएको यो निकै दुर्लभ घटना हो ।
यस विषयमा एक्रोपोलिस इन्ष्टिच्युट इन्दौरका इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनका प्रोफेशर निलेश दुबेले केही सल्लाह दिएका छन् । दुबेका अनुसार व्याट्रिले सीमित करेन्ट प्रवाह गर्छ । तर कहिलेकाहीँ सर्किटमा समस्या हुँदा ब्याट्रिले धेरै करेन्ट प्रवाह गर्छ । धेरै करेन्ट प्रवाह भएपछि सर्किटको रेजिष्टेंट कम हुन्छ ।
रेजिस्टेंट कम भएपछि करेन्टको फ्लो बढ्छ । यस्तो अवस्थामा ब्याट्रीको आन्तरिक तापक्रम बढ्छ । यस्तो ब्याट्रीमा हुने इलेक्ट्रोलाइटका कारण हुन्छ । ब्याट्री पूर्ण रुपमा प्याक गरिएको हुन्छ त्उसैले तापक्रम बढ्दा विष्फोट हुन सक्छ ।
मोवाइल फोनको ब्याट्री पनि यस्तै कारणले विष्फोट हुन्छ । कम गुणस्तरका सामानका कारण यस्तो समस्या हुन्छ । ब्राण्डेड सामानहरु किन्ने हो भने यो समस्याबाट धेरै हदसम्म जोगिन सकिन्छ ।







