नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का (असल)लाई सरकारले गिरफ्तार गरी बेपत्ता पारेपछि साे पार्टीले गंभीर ध्यानाकर्षण भएकाे बताएकाे छ ।

पार्टी महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले एक विज्ञेप्ती जारी गर्दै पार्टी कामकाे सिलसिलामा भदौ ५ गते गिरफ्तार गरी बेपत्ता बनाएकाे बताएका छन् ।  महासचिव विप्लवले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तार केन्द्रीय सदस्य खड्कालार्इ तत्काल रिहा गर्न माग गरेका छन् ।

महासचिव विप्लवले गिरफ्तारीकाे सम्पूर्ण शृङ्खलापूर्ण  तुरुन्त रोकेर हालसम्म गैरन्यायिक तरिकाले थुनामा राखिएका सबै नेताकार्यकर्तालाई ससम्मान रिहा गर्न आग्रह समेत सरकारलार्इ अाग्रह गरेका छन् ।

आफ्नो पार्टी विरुद्ध सरकारले यस्तै  गिरफ्तारी र दमनकाे हर्कत जारी राखे सशक्त संघर्ष गर्न बाध्य हुने चेतावनी विप्लवले दिएका छन् । साथै यसै क्रममा विप्लवले मानवअधिकारवादी, नागरिक समाज, न्यायपे्रमी जनसमुदायलार्इ सरकारकाे सबै प्रकारकाे गैरन्यायिक हर्कतका विरुद्ध संघर्षमा उत्रिन आह्वान समे गरेका छन् ।

सरकारले नेकपाका नेता कार्यकर्ताहरूलार्इ गिरफ्तार गरेर दमनकाे बाटाे समाउन थालेपछि नागरिक समाज, पत्रकार र मानवअधिकारवादी सबैले अाेली सरकारकाे चाैतर्फी विराेध र भण्डाफाेर गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार