कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणले उग्र रूप लिएको छ ।

बिहीबार दिउँसो प्रदर्शनकारीले पुर्वपश्चिम राजमार्ग अन्तर्गत ट्राफिक चोक र प्रशासनतिर ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागेर चार प्रदर्शनकारी घाइते भएका छन् ।

कैलाली गाउँपालिका–३ का २४ वर्षीय सन्तोषकुमार कठरिया, भीमदत्त नगरपालिका–२ भाँसीका ३६ वर्षीय तेजराज भट्ट, भीमदत्त नगरपालिका–४ महेन्द्रनगरका १९ वर्षीय अर्जुन भण्डारा र कञ्चनपुरकै किरनप्रसाद पाण्डेय घाइते भएका छन् ।

उनीहरुको अहिले महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । कठरिया, भण्डारा र पाण्डेको खुट्टामा गोलीको छर्रा लागेको छ भने भट्टको टाउको र खुट्टामा गोलीका छर्रा लागेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार