मकवानपुरमा तीन वर्षमा प्राकृति विपत्तिका कारण ९१ जनाको मृत्यु भएको छ ।

पछिल्लो तीन वर्षमा बाढिपहिरो, भूकम्प र चट्याङका कारण ९१ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । प्रशासनको तथ्यांककाअनुसार आर्थिक वर्ष ०७२/७३ मा ६१ जना, ०७३/७४ मा सात जना र ०७४/७५ मा विपद्को कारण २३ जनाको मृत्यु भएको हो ।

२०७२ गएको भूकम्पका कारण सबैभन्दा बढी ६१ जनाको मृत्यु भएको हो। विपद्का कारण मृत्यु हुनेको परिवार र घाइतेका लागि जिल्ला प्रशासन कार्यालयले आर्थिक सहयोग गर्दै आएको छ।

पछिल्लो तीन वर्षको अवधिमा कार्यालयले ३१ करोड १३ लाख ८२ हजार ८ सय रुपैयाँ रकम प्रदान गरेको प्रशासनले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार