काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण काेरिया जाने कामदारहरुकाे स्वास्थ्य परीक्षण अाजबाट सुरु भएकाे छ । सन् २०१९ का लागि लिइएकाे इपिएस भाषा परीक्षामा पास भएकाहरूको स्वास्थ्य परीक्षण सुरु भएकाे हाे ।
काठमाडौं उपत्यकाका चारवटा अस्पतालबाट स्वास्थ्य परीक्षणकाे व्यवस्था गरिएको छ । यसका लागि परीक्षण गर्नुपर्ने व्यक्तिले पाटन अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, निजामती अस्पताल र नेपाल कोरिया मैत्री अस्पतालमा जानुपर्नेछ ।
अाजबाट हरेक दिन एक हजारका दरले काेरिया जाने कामदारहरुकाे स्वास्थ्य परीक्षण सुरु गरिएकाे ईपीएस कोरिया शाखा नेपालले जनाएको छ ।
स्वास्थ्य परीक्षणको पूर्ण प्रतिवेदन भने परीक्षण गरिएकाे चार दिनपछि अाउने बताइएकाे छ । स्वास्थ्य परीक्षणबाट उत्तीर्ण भर्इ अन्य सबै प्रक्रिया पूरा गरेमा यही भदौ ८ गतेबाट रोजगार आवेदन फाराम भर्न पाउने व्यवस्था गरिएकाे इपीएस शाखाले जनाएकाे छ ।







