कञ्चनपुर । बालिका निर्मला पन्तको बलात्कारी र हत्या सार्वजनिक गर्दा प्रहरीले मानसिक सन्तुलन गुमाएका मानिसलाई पक्रेर घटना ढाकछेप गर्न खोजेको भन्दै चर्केको आन्दोलनमा प्रहरीले गोली चलाउदा चारजना प्रदर्शनकारीहरु घाइते भएका छन् ।

घाइते हुनेमा १८ वर्षिय अर्जुन भण्डारी, टेक भट्ट, किरण पाण्डे र सन्तोष कठरिया रहेका छन् ।

घटनाका अभियुक्त भनेर मानसिक रोगिलाई समातेर प्रहरीले घटनाको सत्यतामाथी नै ढाकछेप गर्ना लागेको आरोप पीडितको रहेको छ । यस्तै, प्रशासनले निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय रोडतिर आन्दोलनकारीले प्रवेश गर्न खोज्दा गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

न्याय माग्दा चलेको गोलीका कारण घाइते भएका प्रदर्शनकारीहरु आक्रोशित हुँदै कञ्चनपुर थप असान्त बनेको छ । तर यता गृहमन्त्री भने घटनालाई छानविनको दायरा ल्याउन कारबाही अगाडी बढाउनुको साटो प्रहरीलाई दमनमा उत्रन उक्साइरहेका छन् ।

प्रहरीले निर्मलाको बलात्कारमा संलग्न रहेको अभियोगमा स्थानीय दिलिपसिंह विष्टलाई सार्वजनिक गरेपछि शुरू भएको आन्दोलन उग्र बन्दै गएको छ । आन्दोलन शुरू भएको तेस्रो दिन महेन्द्रनगरमा प्रहरिले गोली चलाएको छ । प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि गोली चलाएको हो ।

आन्दोलनकारीहरु जिल्ला प्रशासन कार्यालय जाने बाटोतर्फ अगाडि बढेपछि प्रहरीले गोली चलाएको स्थानीय भक्तबहादुर बिष्टले जानकारी दिए । प्रहरीले चलाएको गोली लागेर ३ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि महाकाली अञ्चल अस्पतालमा लगिएको छ ।

प्रहरीले चलाएको गोली आन्दोलनकारीको खुट्टामा लागेको छ । गोली लागेपछि बगेको रगतले सडक रगताम्मे भएको छ ।

प्रहरीले भने गोली नचालाएको दावी गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञान सेठीले आन्दोलनकारी जिल्ला प्रशासन कार्यालयतर्फ जान खोजेपछि अश्रुग्यास प्रहार गरिएको बताए ।

आन्दोलन उग्र बन्दै गएपछि नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको हो । गोली चलाएको छैन,’ डीएसपी सेठीले नेपालपानासंग भने ।

सरकार घटनामाथी छानविन गर्न भन्दा ढाकछेप गर्न लागेको भन्दै आक्रोशित स्थानीयले न्याय पाउने अधिकार कसैले दमन गरेर खोस्न नसक्ने भन्दै आन्दोलन कुनै हालतमा नरोकिने समेत जनाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार