१३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै कञ्चनपुरमा भइरहेको प्रदर्शनमा प्रहरीले व्यापक दमन गरेको छ । प्रदर्शनका क्रममा प्रहरीको गोलि लागेर ठूलो संख्यामा हताहती भएको छ । प्रहरीले आन्दोलन दवाउन चलाएको गोली लागेर कम्तिमा १० जना घाइते भएको जनाइएको छ । भने दुई जना गम्भीर घाइते छन् । घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घाइते हुने अान्दाेलनकारीमा स्..
बलात्कारीलाई कारवाहीको माग गर्दा कञ्चपुरमा स्थानीय प्रशासनले प्रदर्शनकारीमाथि गोली लगाएको छ।
निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै शुरु भएको आन्दोलनका कारण तनावग्रस्त रहेको कञ्चनपुरमा प्रहरीले गोली चलाएको हो ।
प्रहरीले निर्मलाको बलात्कारमा संलग्न रहेको अभियोगमा स्थानीय दिलीप बिस्टलाई सार्वजनिक गरेपछि शुरु भएको आन्दोलन उग्र बन्दै गएको छ ।
आन्दोलन शुरु भएको तेस्रो दिन प्रहरीले महेन्द्रनगरमा गोली चलाएको छ । प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि गोली चलाएको हो ।
आन्दोलनकारीहरु जिल्ला प्रशासन कार्यालय जाने बाटोतर्फ अगाडि बढेपछि प्रहरीले गोली चलाएको स्थानीय कृष्ण पाण्डेले जानकारी दिए ।
प्रहरीले चलाएको गोली लागेर ३ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि महाकाली अञ्चलमा लगिएको छ । प्रहरीले चलाएको गोली आन्दोलनकारीको खुट्टामा लागेको छ ।
प्रहरीले भने गोली नचालाएको दावी गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञान सेठीले आन्दोलनकारी जिल्ला प्रशासन कार्यालयतर्फ जान खोजेपछि अश्रु ग्यास प्रहार गरिएको बताए ।
भदौ साउन ११ गते बलात्कारपछि हत्या गरिएकी भीमदत्तनगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै स्थानीय वासिन्दा मंगलबारदेखि आन्दोलनमा छन्। आज पनि उनीहरुको आन्दोलन जारी छ।
https://www.youtube.com/watch?v=ifSaZGRA_XE







