साउन २२ गतेदेखि गैरन्यायिक हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई रिहाई गर्न सर्वाेच्चले आदेश दिएपनि उनलार्इ पुन सर्वाेच्चबाट गिरफ्तार गरिएकाे छ ।

गैरकानूनी रुपमा गिरफ्तार गरी थुनामा राखिएको भनी रिहाईको माग गर्दै परेको रिटमा आज भएको बहस सुनेपछि सर्वाेच्चले थुनामुक्त गर्न आदेश दिएको हो । रिटको पक्षमा ३२ जना वकिलले बहस गरेका छन् ।

तर अहिलेसम्म प्रकाण्ड अदालतभित्रै छन् , यसअगाडी पनि उनलाई सर्वाेच्चले छोड्न आदेश दिएपनि मानवअधिकारवादीहरुको गाडीबाट उनलाई पुनः गिरफ्तार गरिएको थियो आज पनि प्रहरी सर्वाेच्च बाहिर तैनाथ छन्, उनलाई आजपनि त्यही पुनरावृत्त हुन्छ कि हुन्न आशंकाहरु समेत बढेका छन् ।

सर्वाेच्च अदालतले बिहीबार जारी गरेकाे यस्ताे थियाे पूरा पाठ –

यस्ताे थियाे सर्वाेच्चकाे अादेश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार