कञ्चनपुरवासीले जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी डिल्लीराज विष्टको शवयात्रा निकालेका छन्।

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका वास्तविक दोषीलाई जोगाउन खोजेको भन्दै ३ दिनदेखि आन्दोलित स्थानीयले विहीबार सदरमुकाम महेन्द्रनगरमा एसपी विष्टको शव निकालेका हुन्।

निर्मला हत्या काण्डका वास्तविक दोषी जोगाउन एसपी विष्टले मानसिक सन्तुलन ठिक नभएका व्यक्तिलाई दोषी बनाएर उभ्याएको स्थानीयबासीको आरोप छ। प्रदर्शनको तेस्रो दिन विहीबार प्रहरीले प्रदर्शनकारीमाथि गोली नै चलाएको छ।

गोली प्रहारबाट स्थानीय ४ युवा घाइते भएका छन्। एसपी विष्टले वास्तविक अभियुक्त जोगाउन खोजेको भनेर स्थानीयले सुरु गरेको आन्दोलन चर्किदै गएपछि गृह मन्त्रालयले आजै एसएसपीको टोली कञ्चनपुर खटाइसकेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार