प्रधानमन्त्री केपी शर्मा अाेलीले प्रधानन्यायाधीश पदकाे लागि अाेम प्रकाश मिश्रलार्इ र प्रचण्डले चोलेन्द्र शम्शेर राणालार्इ लिएर हिडेपछि दुवैबीच चर्काचर्की भएकाे छ।

स्राेतका अनुसार राणालार्इ प्रधानन्यायाधीश बनाउन प्रचण्डले अाेलीलार्इ दबाव दिएपनि नसुझे गरेपछि प्रचण्ड अहिले रुष्ट भएका छन्। प्रचण्डले केपीलाई ‘ओमप्रकाश भारतनिकटको व्यक्ति भएको र उनलाई प्रधानन्यायाधीश बनाइँदा सरकारलाई काम गर्न निकै अप्ठ्यारो पर्न सक्ने’ भन्दै मिश्रविरुद्ध भड्काउने प्रयास गरेपनि त्याे सफल हुन नसकेपछि अन्तत: दुवैबीच चर्काचर्की भएकाे हाे। प्रम अाेलीकाे अप्रत्यक्ष निर्देशनमा संवैधानिक परिषदले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरेपछि अाेली प्रचण्डबीच मनमुटाव बढेकाे स्राेतकाे भनार्इ छ।

संवैधानिक परिषदको बिहिबार बसेको बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधिश मिश्रलाईं प्रधान्यायाधिशमा सिफारिस गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरिएको परिषदका सदस्य एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

प्रधानन्यायाधीशमा प्रस्तावित दिपकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिले अस्वीकृत गरेपछि संवैधानिक परिषदले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । सो सिफारिसलाई संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरे राष्ट्रपति विद्या भण्डारीले मिश्रलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।nepalpanaबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार