विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई प्रहरीले सर्वोच्च अदालत परिसरबाट भोजपुर लैजाने भन्दै पक्राउ गरेको थियो ।
तर, भोजपुर चलान भएका प्रकाण्डलाई बीच बाटोबाटै फर्काइएको छ । प्रहरी स्रोतका अनुसार काभ्रे र भक्तपुरको सिमा साँगाबाट उनलाई फर्काइएको हो ।
सर्वोच्च अदालतको आदेशले बिहबिार साँझ रिहा भएका प्रकाण्डलाई जिल्ला प्रहरी कार्यालय, नुवाकोट लगिने प्रहरी स्रोतले जनाएको छ । नुवाकोटमा एनसेलको टावरमा आगजनी गरेको बारे प्रकाण्डविरुद्ध मुद्दा दर्ता भएको बताइएको छ ।
सर्वोच्च अदालतको आदेशले प्रकाण्ड बिहीबार रिहा भएसँगै पुनः तेस्रो पटक पक्राउ परेका थिए। प्रहरीले उनलाई सर्वोच्च अदालत परिसरबाट पक्राउ गरेको हो ।
चन्दा आतंक मच्चाएको भन्दै साउन २२ गते पक्राउ परेका प्रकाण्डलाई गत भदौ १ गते पनि सर्वोच्चले छाड्न आदेश दिएको थियो । तर, सर्वोच्चको आदेशमा छुटेका प्रकाण्डलाई सर्वोच्च अदालत परिसरबाट दोस्रोपटक पक्राउ गरेको थियो ।
प्रकाण्डलाई न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारीको संयुक्त इजलासले सर्वोच्चको रजिष्ट्रारको रोहबरमा बिहीबार अर्थात आज छाड्न आदेश दिएको थियो । सर्वोच्चको आदेशले छुट्नासाथ प्रकाण्डालाई पुनः तेस्रोपटक पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता (डिएसपी) मोहन थापाले जानकारी दिए ।
रातोपाटी संवाददाता
https://www.youtube.com/watch?v=S4KxMfS4b_g







