नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई प्रहरीले सर्वोच्च अदालत परिसरबाट भोजपुर लैजादै गर्दा बीच बाटाेबाट फर्काइएकाे छ ।

भोजपुर चलान भएका प्रकाण्डलाई बीच बाटोबाटै फर्काइएको हाे । प्रहरी स्रोतका अनुसार काभ्रे र भक्तपुरको सिमा साँगाबाट उनलाई फर्काइएको छ । सर्वोच्च अदालतको आदेशले बिहबिार साँझ रिहा भएका प्रकाण्डलाई  जिल्ला प्रहरी कार्यालय, नुवाकोट लगिने प्रहरीले बताएको छ ।

नुवाकोटमा एनसेलको टावरमा आगजनी गरेको बारे प्रकाण्डविरुद्ध मुद्दा दर्ता भएको बताइएको छ ।

सर्वोच्च अदालतको आदेशले प्रकाण्ड बिहीबार रिहा भएसँगै पुनः तेस्रो पटक पक्राउ परेका थिए। प्रहरीले उनलाई सर्वोच्च अदालत परिसरबाट पक्राउ गरेको हो ।

चन्दा उठाएकाे अाराेप भन्दै साउन २२ गते पक्राउ परेका प्रकाण्डलाई गत भदौ १ गते पनि सर्वोच्चले छाड्न आदेश दिएको थियो । तर, सर्वोच्चको आदेशमा छुटेका प्रकाण्डलाई सर्वोच्च अदालत परिसरबाट दोस्रोपटक पक्राउ गरेको हाे ।

प्रकाण्डलाई न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारीको संयुक्त इजलासले सर्वोच्चको रजिष्ट्रारको रोहबरमा बिहीबार अर्थात आज छाड्न आदेश दिएको थियो ।

सर्वोच्चको आदेशले छुट्नासाथ प्रकाण्डालाई पुनः तेस्रोपटक पक्राउ गरिएपछि मानवअधिकारकर्मी, पत्रकार र नागरिक समाज सबैले सरकारकाे यस्ताे कार्यकाे विराेध गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार