१३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै कञ्चनपुरमा भइरहेको प्रदर्शनमा प्रहरीले व्यापक दमन गरेको छ ।
प्रदर्शनका क्रममा प्रहरीको गोलि लागेर ठूलो संख्यामा हताहती भएको छ । प्रहरीले आन्दोलन दवाउन चलाएको गोली लागेर कम्तिमा १० जना घाइते भएको जनाइएको छ । भने दुई जना गम्भीर घाइते छन् ।
घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घाइते हुने अान्दाेलनकारीमा स्थानीय अर्जुन भण्डारी, तेज भट्ट, किरण प्रसाद पाण्डे, सराेज खड्का, विरित पनेरु र सन्तोष कुमार कठरिया रहेका छन् ।
यस्तै, प्रहरीतर्फ पनि केही घाइते भएका छन् । घाइते हुनेमा प्रहरी हवल्दार हर्क बहादुर पालकाे रहेको जनाइएको छ ।
घाइतेमध्ये दुई जानाको अवस्था गम्भीर रहेको छ। गम्भीर अवस्थाका अर्जुन भण्डारी र तेज भट्टलाई अन्यत्रै रेफर गरिएको अस्पताल प्रशधासनले जनाएको छ । गम्भीर घाइते भण्डारीकाे खुट्टा र भट्टकाे टाउकाेमा चाेट लागेकाे जनाइएकाे छ ।







