काठमाडौँ। गृहमन्त्री राम बहादुर थापाको ठाँडो आदेशमा कञ्चनपुरमा गोली चलाइएको खुल्न आएको छ। प्रहरी स्रोतका अनुसार गृहमन्त्री थापाले जिल्लामा शान्ति बनाइ राख्न यस्तो आदेश दिएका हुन्। १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै शुरु भएको आन्दोलनका कारण तनावग्रस्त रहेको कञ्चनपुरमा गृहमन्त्री थापाको ठाँडो आदेशमा प्रहरीले गोली चलाएपछि त्यहाँको अवस्था झन् उग्र बन्दै गइरहेको छ।
प्रहरीले चलाएको गोली आन्दोलनकारीको खुट्टामा लागेको छ । गोली लागेर घाइते भएका आन्दोलनकारीको रगत बगेर सडक रगताम्मे भएको छ । कञ्चनपुरमा बिहीबार भएको प्रदर्शनमा दुर्इ प्रहरीसहित अाठ आन्दोलनकारी घाइते भएका छन् । जसमा एककाे अवस्था गम्भीर रहेकाे छ। प्रदर्शनकारीतर्फ ८ जना र प्रहरीतर्फ दुई जना घाइते भएका छ्न् । घाइतेमध्ये एक जनालाई टाउकोमा चोट लागेकाले उनको अवस्था जटिल रहेको महाकाली अञ्चल अस्पतालका प्रमुख डा. हरिकुमार श्रेष्ठले बताए ।
डा. श्रेष्ठका अनुसार घाइतेहरु अधिकांशको खुट्टा र ढाडमा चोट लागेको छ । खुट्टामा गम्भीर चोट लागेका एकजनाको अञ्चल अस्पतालमा उपचार हुन नसकेर रिफर गरेको अस्पतालले जनाएको छ ।
गृहमन्त्री थापाको यस्तो आदेशको प्रधानमन्त्री केपी ओलीलार्इ सूइको लागेपछि उनलार्इ हटाउन प्रचण्डसँग अन्तरिक रुपमा कुरा गरिरहेका छन्। प्रम अाेली निकट स्राेतका अनुसार रक्षमन्त्री इश्वर पाेखरेलार्इ गृहमन्त्री बनाउने र गृहमन्त्री थापालार्इ रक्षमन्त्री बनाउने याेजनामा प्रम अेाली जुटेका छन।
स्रोतका अनुसार थापा गृहमन्त्री भएदेखि देशभरि नै हत्या, बलात्कार, चोरीलगायतका घटनाले पनि तिब्रता पाइरहेको प्रहरीकै घटना विवरणको तथ्याङले देखाएपछि प्रम ओली उनलार्इ हटाउने योजनामा लागेका छन्। केही समयअघि राजधानीमा नै बालक अपरहण पश्चात हत्या गर्ने अपरहणकारीलार्इ प्रहरीले पक्राउ गरी जनी जनी गोली हानेको भनी चौतर्फी कुरा चल्नुका साथै सञ्चारमाध्यमले समेत प्रहरीले नै जनी जनी गोली हानेको समाचार प्रकाशित भएको थियो । तर गृहमन्त्री थापा इन्काउन्टर नै हो भनी दावी गरेका थिए।nepalpanaबाट
नेपालपाना डटकममा प्रकाशित भएका







