काठमाडौंः चीन विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको मुलुक हो । अहिले चीनमा जनसंख्या घट्दै गएपछि देशको अर्थतन्त्रमा समेत नकारात्मक असर परेको ठानिएको छ । चीनका दुई जना विज्ञले चिनियाँ नागरिकलाई जबरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका हुन् ।

उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका हुन् । जनसंख्या घट्दै गएको समस्याबाट ग्रसित चीनमा जनसंख्या न्यूनीकरण घटाउन दुईभन्दा कम सन्तान जन्माउनेलाई वा नजन्माउनेलाई ‘प्रजनन कोष’ मा कर तिर्ने व्यवस्था गर्न सुझाव दिइएको छ ।

विज्ञहरूको यो सुझावलाई लिएर अहिले चीनभरि पक्ष र विपक्षका तर्क र वितर्क गर्दै बहस चलिरहेको समाचारमा जनाइएको छ । कम्युनिस्ट पार्टीले लागू गरेको ‘एक सन्तान’को नारासहितको परिवार नियोजनसम्बन्धी नीतिका कारण जनसंख्या घटेको कतिपयको भनाइ छ ।

विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको मुलुकमा अहिले जनसंख्या घट्दै गएपछि देशको अर्थतन्त्रमा समेत नकारात्मक असर परेको ठानिएको छ । लैंगिक तथा जनसांख्यिक असन्तुलन बढेपछि सामाजिक समस्याहरू पनि थपिँदै गएको सरोकारवालाहरूले बताएका छन् ।

चीनले जनसंख्या बढ्ने अपेक्षासहित सन् २०१६ मा कानुनलाई खुकुलो बनाउँदै एकभन्दा बढी सन्तान जन्माउन सकिने व्यवस्था गरिएको थियो, तर पनि जनसंख्या अपेक्षित रूपमा र आवश्यकताअनुसार बढ्न नसकेको तथ्यांकले देखाएको छ । त्यसैले अहिले यसका बारेमा पुनः विचार गर्नुपर्ने अवस्था आएको छ ।

चिनियाँ राज्यद्वारा सञ्चालित सिन्ह्वा सामाचार संस्थामा दुई विज्ञले जनसंख्या घट्दै गएको सम्बन्धी अहिलेको समस्यालाई न्यूनीकरण गर्नका लागि नयाँ प्रस्तावसहितको लेख लेखेका छन् । उनीहरूले ४० वर्षभन्दा कम उमेरका दम्पतीले दुईभन्दा कम सन्तान जन्माए वा जन्माउँदै नजन्माए अरूलाई सहयोग पु¥याउन वार्षिक रूपमा एउटा कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था गर्नु उपयुक्त हुने उल्लेख गरेका छन् । क्षतिपूर्ति वा राहत रकम दाबी गर्दा सन्तान जन्माउँदा लागेको खर्च वा त्यस क्रममा आम्दानीमा भएको गिरावट उल्लेख गर्नुपर्ने र त्यसबापतको

भुक्तानी कोषबाट गर्नुपर्ने व्यवस्था गर्न उनीहरूले सुझाएका छन् । उनीहरूले पर्याप्त मात्रामा शिशु स्याहार केन्द्रहरू खोल्नु पनि जन्मदर बढाउने अर्को सहयोगी उपाय हुन सक्ने बताएका छन् ।

दुईभन्दा बढी सन्तान जन्माउनेलाई सेवा निवृत्त भएपछि विशेष आर्थिक व्यवस्था गरिदिएमा उनीहरू सन्तान जन्माउन प्रेरित हुने अपेक्षा गरिएको छ । दुई विज्ञको सुझावहरूलाई लिएर विभिन्न सामाजिक सञ्जालहरू चिनियाँ नागरिकले पक्ष र विपक्षमा बहस गरिरहेका छन् ।

राज्यद्वारा सञ्चालित प्रसारण संस्था सिसिटिभीको अनलाइन संस्करणमा पनि यस प्रस्तावलाई निराधार, अव्यावहारिक र अनुचित प्रस्तावका रूपमा टिप्पणी गरिएको छ । चीनले जनसंख्या घटाउन यसअघि लागू गरेको एक सन्तान नीतिले पनि चीनमा जनसंख्या घट्ने क्रम चलिरहेकाले सरकारलाई अहिले यो चिन्ताको विषय भएको छ ।

सन् १९७० को दशकदेखि पछाडि जनसंख्या नियन्त्रणको अभियान चलाइएको थियो । जनसंख्या घटाउने अभियानअन्तर्गत दुई वा सोभन्दा बढी बच्चा जन्माउनेलाई दण्ड–जरिवानाको व्यवस्था गरिएको थियो भने महिलाहरूलाई गर्भपतनका लागि प्रोत्साहन गरिएको थियो । एजेन्सी

https://youtu.be/WEYI3nVoNM0

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार