बीबीसी । ‘शिक्षक कक्षामा किशोरीहरुसँग अश्लिल कुरा गर्छ । गतल तरिकाले छुन्छ र उनीहरुलाई पिट्ने बाहानामा शरीर छुने गर्छ ।’ यो भनिरहँदा ती आमाको आवाज काम्न थाल्छ । जसको नेत्रहिन छोरी देहरादुनस्थित ‘मोडन स्कूल फर द भिजुअल्ली ह्यान्डिक्याप्ड’ नामक दृष्टिविहिन विद्यालयमा पढ्छिन् । दृष्टिविहिन छोरीको यो आदर्श विद्यालय पछिल्लो ५–६ दिनदेखि विवादमा छ । दृष्टिविहिन छात्र–छात्रा १७ अगस्टबाट संस्थान बाहिर आन्दोलन गरिरहेका छन् । स्थिति यहाँसम्म पुगेको छ, विद्यालयका निर्देशक अनुराधा डालमियाले छात्र–छात्राको दबाबका कारण सोमबार राति नै पदबाट राजिनामा दिएकी छिन् । यस विवादको शुरुवात यही विद्यालयमा पढ्ने छात्राहरुले एक शिक्षकमाथि यौन उत्पिडनको गम्भिर आरोप लगाए ।


छात्राहरुले प्रिन्सिपलसँग शिक्षकबाट यौन उत्पिडन भइरहेको सिकायत गरे, तर उनले ध्यान नदिएको अपांग अधिकारसँग जोडिएकी एक महिलाले बताइन् । उनी भन्छिन्, ‘यो कुरा प्रहरी र प्रशासनसम्म पनि पुग्यो तर, त्यहाँबाट पनि कुनै कारवाही भएन । जब किशोरीहरुसँग कुनै उपाय थिएन, तब गुनासो लिएर पुगे सामाजिक सञ्जालमा । यी महिलाकी छोरी यसै विद्यालयमा ११ कक्षामा अध्ययन गर्छिन् । यस स्थितिको गम्भिरताको अनुमान यसबाट पनि गर्न सकिन्छ कि यस विद्यालयका एक शिक्षक पहिलेदेखि नै यौन शोषणको आरोपमा जेलमा छन् ।
तर, विद्यायलका निर्देशक अनुराधा डालमियाको भनाई छ, किशोरीहरुको सिकायत कहिल्यै उनी कहाँ नै पुगेन, न त उनले उनीहरुसँग यसबारे सिधा कुरा नै गरिन् । आफ्नो स्वास्थ्य अवस्था खराब रहेको भन्दै उनी प्रिन्सिपल र अन्य अधिकारीलाई लापरवाहीका लागि दोषी ठहराउछिन् । एक छात्राकी आमा भन्छिन्, ‘मेरी छोरीले धेरै पटक संस्थानमा चलिरहेको अनियमितताको सिकायत गरिन् । दुई शिक्षकद्धारा छात्रासँग लगातार गरिने यौन दुर्व्यवहारको जानकारी पनि छोरीले दिइन् ।’ उनी भन्छिन्, ‘तर एक शिक्षक गिरफ्तार भयो तर अर्को शिक्षकलाई बचाइयो । उसलाई बचाउन दुई छात्राबाट जबरजस्ती गलत बयान दिन लगाइयो ।’

‘मेरी छोरीले संस्थामा पढ्ने एक अनाथ बालिकामाथि शिक्षकले निक्कै गलत व्यवहार गरेको पनि बताइन् । दोश्रो, तेश्रो कथामा पढ्ने किशोरीहरुसँग पनि यौन दुर्व्यवहारको सिकायत गरिएको थियो ।’ अविभावकले होस्टलको पनि समस्या राखे । छात्रावासमा सफाई कमी, चौकीदारदेखि लिएर भान्सासम्म सबै पुरुष कर्मचारी राखिएको छ । जसका बारेमा छात्राहरुले गुनासो पोखे । यति मात्रै होइन, उनीहरुको कोठा तथा शौचालयमा पुरुष कर्मचारी ढोका नढकढकै भित्र पस्ने गरेका छन् । अभिभावको भनाई छ, सिकायत गरेमा उल्टै किशोरीहरुमाथि नै गाली बर्सिने गर्छ । युवतीहरुलाई सल ओड्न भनिन्छ ।

‘के महिलाहरु खेलकुदमा सहभागी हुँद सल ओढेर जान्छन् त रु’ प्रदर्शनकारी छात्र–छात्राले निर्देशक अनुराधा डालमियामाथि आरोपको घेरामा आएका शिक्षकलाई संरक्षण दिएको आरोप पनि लगाएका छन् । छात्राहरुले ३० बुँदे मागपत्र महिला तथा बाल विका मन्त्री रेखा आर्यालाई बुझाएका छन् । उनले छात्राको माग चाँडै पुरा गर्ने आश्वसन दिएकी छिन् । देहरादुनको राष्ट्रिय दृष्टिविहिन संस्थानको यो घटना त्यस समय चर्चामा आयो, जब एक छात्रले फेसबुकमा विरोध प्रदर्शनको भिडियो अपलोड गर्यो । यो भिडियो भाइरल भयो ।

जसपछि बाल संरक्षण आयोग र माथिल्लो प्रहरी महानिर्देशिकले घटनाको संज्ञान लिए । यस घटनालाई जाँच गरिरहेका डिएसपी जया बालुनी भन्छन्, ‘सोमबार चार छात्राको बयान न्यायधिश अघि दर्ता गरिएको छ । आरोपको घेरामा आएका शिक्षकमाथि मुद्दा दर्ता गरिएको छ । मैले संस्थानका किशोरीहरुसँग अलग–अलग कुरा गरेको छु । चाँडै ती शिक्षकको पनि गिर्फतार गरिनेछ ।’ – बीबीसी हिन्दी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार