काठमाडौं। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्य गर्न माग गर्दै संकल्प प्रस्ताव प्रस्तुत गरिएको छ।
सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) की सांसद विन्दा पाण्डेले महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्य गर्न माग गर्दै संकल्प प्रस्ताव पेश गरेकी हुन्।
प्रस्तावमा महिलामाथि जब्बरजस्ती करणी गर्नेलाई सर्वस्वसहित आजीवनको काराबारको सजाय दिने कानुन व्यवस्था गर्न माग गरिएको छ। सांसद पाण्डेले महिलामाथि हत्या, हिंसा, बलात्कारलगायतका घटना बढ्दै गइरहेका बेला त्यसलाई अन्त्य गर्न माग गर्दै प्रतिनिधिसभा बैठकमा संकल्प प्रस्ताव पेश गरेकी हुन्।