घरमा खान छैन, मलाई स्कुलबाट निकाल्दिनू” भनेर भावुक चिट्ठी लेख्ने १२ वर्षीया छात्राको सहयोगका लागि समाजसेवी इशा गुरुङले १ लाख रुपिया सहयोग गर्ने घोषणा गरेकी छन् । जामुनाखर्क माध्यमिक विद्यालय, बेनी नगरपालिका–६ म्याग्दीमा ६ कक्षामा पढ्ने छात्रा पूजा खत्रीले “घरमा खान छैन, मलाई स्कुलबाट निकाल्दिनू” भन्ने आशयको भाक पत्र लेखेको नागरिक दैनिकले पहिलो समाचार प्रकाशित गरेको थियो ।
बिहिबार बेलुकी न्यूज २४ टेलिभिजनको सिधा कुरा जनतासंगमा पनि पुजाको दर्दनाक अवस्थाले मन छोएपछि युके निवासी समाजसेवी इशा गुरुङले सहयोगको घोषणा गरेकी हुन् । पुजाले भदौ १ गतेको बिहान विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुंगानालाई सम्बोधन गर्दै “सर ! आजदेखि म विद्यालयमा आउन असमर्थ छु । घरमा खानेकुरा छैन ।
कापीकलम किन्ने पैसासमेत छैन । बाध्यताले म विद्यालयमा आउन सकिनँ सर !” भन्दै भावुक पत्र कोरेकी थिइन् । पूजाले बेनी बजारमा रहेको बालमन्दिर आधारभूत विद्यालयबाट प्राथमिक तह उत्तीर्ण गरेकी हुन् ।समाजसेवामा कहिल्यै नथाक्ने इशा गुरुङले युकेमा बस्दै आएकी छिन ।समाजसेवामा तन, मनले लागिरहने इशा गुरुङ अरुको दुख देख्न नसक्ने बताउछिन् । अरुको पीडाले आफुलाई पोल्ने भएकाले कसैको दुख देख्न नसक्ने बताउछिन् ।समाजसेवालाई पेशा जस्तै बनाउदै आएकी इशाले बिभिन्न सहयोग अभियान सफल पारी सकेकी छन् ।







