कञ्चनपुर, ८ भदौ । निर्मला हत्याको घटना पछि उत्पन्न परिस्थिति नियन्त्रण गर्न र घटनाको अनुसन्धानका लागि कञ्चनपुर पुगेका प्रहरी प्रमुख कुबेर खडायतले आवश्यक परे घटनाको अनुसन्धान सुरुवाट गर्ने बताएका छन् ।
यस अघिका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीको कार्यशैली प्रति पीडितका परिवार असन्तुष्ट भएपटि गृहमन्त्रालयले प्रजिअ र प्रहरी प्रमुख परिवर्तन गरेको हो । कञ्चनपुर पुगेका प्रहरी प्रमुख खडायतले प्रतिकृया दिंदै आवश्यकता हेरेर अनुसन्धानलाई सुरुवाट गर्ने बताएका हुन् ।उनले यस अघि निर्माण भएको घटनाको फाइल अध्ययन गरिरहेको बताएका छन् । प्रहरी प्रमुख खडायतले सीआइबी सहितको टोलीले घटनाको अनुसन्धान गरिरहेको बताए ।
केही दिनदेखिको अशान्तिलाई साम्य पार्ने आफ्नो पहिलो प्राथमिकता रहेको उनको भनाई छ । अहिले सम्म भएको अनुसन्धानको रिपोर्ट हेरेपछि आगामी योजना बनाउने उनले बताए । १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न भएको भन्दै प्रहरीले मानसिक सन्तुलन ठिक नभएका ब्यक्तिलाई सार्वजनिक गरेपछि कञ्चनपुरमा आन्दोलन चर्किएको हो । स्थानिय बासीन्दाले वास्तविक अपराधिलाइ पक्राउ गर्न माग गदैै आन्दोलन गरेका कारण कञ्चनपुर तनावग्रस्त बनेको छ ।
स्थितिलाई नियन्त्रणमा लिन भन्दै प्रहरीले चलाएको गोली लागेर विहिवार जना घाइते भएपछि बिहीबार महेन्द्रनगर तनावग्रस्त भएको थियो । शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासनले दमन गरेको आन्दोलनकारीको दावी छ । स्थानीयले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको सरुवाको माग गरेपछि गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र डिएसपी ज्ञान बहादुर सेटीलाई सरुवा गरिसकेको छ भने एसपी खडायतले जिल्ला प्रहरी प्रमुखका रुपमा जिम्मेवारी सम्हालिसकेका छन् ।







