नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय एक केन्द्रिय सदस्य पक्राउ परेका छन् ।
केन्द्रिय सदस्य चन्द्रबहादुर खड्का ‘असल’ लाई प्रहरीले पक्राउ गरेको हो । खड्कालाई प्रहरीले मंगलबार काठमाडौंको थानकोटबाट पक्राउ गरेको हो । प्रहरीले यस विषयमा केही खुलाएको छैन ।
यसअघि प्रहरीले सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई पनि पक्राउ गरि मुद्धा चलाइरहेको छ ।
यसैबीच नेकपाका महासचिव विप्लवले बिहीबार विज्ञप्ति जारी गरेर खड्काको पक्राउप्रति आपत्ति जनाएका छन् । विप्लवले बिहीबार जारी गरेको विज्ञप्तिमा श्रृंखलापूर्ण गिरफ्तारी तुरुन्त रोकेर हालसम्म गैरन्यायिक तरिकाले थुनामा राखिएका सबै नेता–कार्यकर्तालाई ससम्मान रिहा गर्न आग्रह गरेका छन् ।
पार्टीविरुद्ध सरकारले यस्तै हर्कत जारी राखे सशक्त संघर्ष गर्न बाध्य हुने विप्लवको चेतावनी छ ।








